Websoft University

प्रदेश नम्वर १ को उपसभामुख पदमा सरस्वती पोखरेल चैन


विराटनगर, फागुन २ गते । रातो तारा डट कम, प्रदेश नम्वर १ को उपसभामुख पदमा आज एकमात्र उम्मेद्वारी दर्ता भएको छ ।

नेकपा(माओवादीकेन्द्र)की प्रदेश सभा सदस्य क. सरस्वती पोखरेलले आज सङ्घीय सचिवालयमा दिृँसो १,५५ बजे आफनो मनोनयनपत्र दर्ता गराउनुभएको थियो ।

उहाँको प्रस्तावकमा प्रदेश सभा सदस्य रामकुमार राई र समर्थकमा इन्द्रमणि क.पोखरेल रहनु भएको सङ्घीय सचिवालयले जनाएको छ ।

सुनसरी जिल्लाबाट समानुपातिकबाट प्रदेश सभा सदस्य हुनु भएकी पोखरेल नेकपा(माओवादीकेन्द्र)को आल पोलिटब्यूरो सदस्य हुनुहुन्छ ।

४२ बर्षीया पोखरेलको जन्म २०३२ साल असार २६ गते प्यूठानमा भएको थियो । २०५८ सालमा काठमाडौंमा पक्राउमा परेपछि एक बर्ष कारागार जीवन विताउनु
भएकी उहाँले एमाले विद्यार्थी कालदेखि राजनीतिमा सक्रिय हुदै,पछि नेकपा माओवादी केनद्रमा आव हुनुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.