Websoft University

१ नम्बर प्रदेश, प्रदेशसभा वैठक बिराटनगरमा सम्पन्न


विराटनगर, माघ २२ गते । रातो तारा डट कम,प्रदेश १ को पहिलो प्रदेशसभा वैठक सोमबार सम्पन्न भएको छ । जेष्ठ सदस्य ओमप्रकाश सरावगीको अध्यक्षतामा बसेको वैठकमा विभिन्न दलका ७ जनाले धारणा राखे ।

पहिलो वैठकको शुरुमा बोल्दै स्वतन्त्रबाट सदस्य बनेका नारायण बहादुर मगरले संघिय गणतन्त्रकको अभ्यास गरिरहँदा जनताले दिएको जिम्मेवारीलाई पूरा गर्नुपर्ने दायित्व समेत रहेको बताए । ‘हामी सँग अवसर र चुनौती छन्,‘उनले भने,‘भौतिक संरचनाको विकास गर्दै चुन ढुङ्गा, वन जंगल, जलस्रोत तथा पर्यटनको विकासमा जोड दिनुपर्छ ।’ 

लिम्बुवान राज्यको माग गर्दै आएको संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सदस्य बनेकी अर्की सांसद बिष्णु तुम्बाहाम्फेले पैसाको भरमा स्वाभिमान बेच्न नहुने तर्क गरिन्। स्वाभिमान, पहिचान र अस्तित्व नै नभए खेलौना मात्र हुने तर्क गर्दै उनले लिम्बुवानहरुको पहिचानलाई बचाई राख्न विजयपुरको अस्तित्व जोगाउनुपर्ने बताईन् ।

उनले देशमा ७ मात्रै नभई १० प्लस १ प्रदेशको आवश्यकता रहेको बताइन् । उनले प्रदेश १ मा पनि लिम्बुवान र खम्वुवान दुई प्रदेश थप्नुपर्नेमा जोड दिइन् ।  अज्ञात निर्देशनबाट निर्देशित भए दुःखद हुने भन्दै राप्रपाबाट सदस्य बनेकी अर्की सांसद ईन्दिरा राईले भनिन्,‘ कतै हामी अज्ञात निर्देशनबाट निर्देशित त भएका छैनौं भन्ने दिग्भ्रमित छौं ।’

‘हिन्दु राष्ट्र र राजतन्त्रलाई स्मरण गर्दै उनले थपिन्, जाती भाषा र भुगोलका नाममा हामी विभाजित त भइरहेका छैनौं ?’ संघिय समाजवादी फोरमका तर्फबाट सदस्य बनेका सांसद जयराम यादवले भने सवै पक्षलाई समेटेर प्रदेशलाई समृद्ध बनाउन आवश्यक रहेकोमा जोड दिए ।

समावेशी र सवै जातीको पहिचानको झल्को दिने गरि हिमाल, पहाड र तराईलाई समेट्दै प्रदेशलाई समृद्ध बनाउन सकिने धारणा राखे । एमालेले मात्रै स्पष्ट बहुमत ल्याएको प्रदेश एकमा उसकै नेतृत्वमा चाँडै सरकार निर्माण गर्न उनले आग्रह गरे । उनले भने,‘हामीले बुझेका छौं, अब देशलाई समृद्ध बनाउन स्थायी सरकार बन्न आवश्यक छ ।’

मओवादी केन्द्रबाट सदस्य बनेका सांसद इन्द्र आङ्बोले निर्वाचनका बेला जनतासँग गरेका प्रतिवद्धता पूरा गर्ने बेला आएको बताए । सवै राजनितिक दलहरुले प्रदेशलाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै उनले ति प्रतिबद्धता पूरा गर्न जुट्ने समय आएको बताए ।

प्रदेश १ आफैमा समृद्ध र सुन्दर छ , उनले भने,‘ सवै मिलेर अघि बढ्न सके १ नम्बर प्रदेश देशकैै उत्कृष्ट, मजबुद, समृद्ध र नमूना प्रदेशको रुपमा विकास गर्न सकिन्छ ।’  नेपाली कांग्रेसबाट सदस्य बनेका सांसद चन्द्रप्रसाद श्रेष्ठले समेत प्रदेशलाई समृद्ध बनाउने दिशामा सवै अघि बढ्न आवश्यक रहेको बताए । उनले भने सरकारले ल्याउने हरेक सकारात्मक कुराको समर्थन र नकरात्मक कुराको सचेत गर्नुपर्ने तर्क गरे । 
नेकपा एमालेबाट सदस्य बनेका सांसद भीमप्रसाद आचार्यले अहिलेसम्म अधिकारको लडाईमा राजनिति अलमिलएका कारण प्रचुर सम्भावना रहेर पनि यस क्षेत्रको विकासले फड्को मार्न नसकेको बताए । उनले अब भने सवै दलको साझा एजेण्डा आर्थिक समृद्धिको रहेको भन्दै यो प्रदेशले आर्थिक विकासमा फड्को मार्ने विश्वास व्यक्त गरे ।

प्रदेश १ मा स्रोतसाधन, कृयाशिल जनशक्ति, जलस्रोत पर्याप्त छ, उनले भने भौतिक पूर्वाधार र कृषिको विकास र उत्पादनमा बृद्धि गर्न र पर्यटनको विकास तथा सदुपयोग गर्न सके चाडै समृद्ध प्रदेश बन्नेछ । प्रदेश १ मा कृषिमा आधारीत उद्योग अघि बढाउन आवश्यक रहेकोमा जोड दिए ।

प्रदेश १ को अस्थायी राजधानी विराटनगर स्थित जिल्ला समन्वय समितिको हलमा बसेको पहिलो वैठकले प्रदेशसभा कार्य सञ्चालन अन्तरीम कार्यविधि २०७४ पारित गरेको छ । सभाका अध्यक्ष ओमप्रकाश सरावगीले तत्कालका लागि सभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरुसँगको छलफलबाट कार्यविधि तयार पारिएको जानकारी गराए । 

यस्तै प्रदेशसभाको पहिलो बैठकले सभामुख निर्वाचनको मिति तय गरेको छ । प्रदेशसभामा वाम गठबन्धनको प्रष्ट बहुमत
छ । वाम गठबन्धनमा भएको भागवण्डामा मुख्यमन्त्री र सभामुख दुबै एमालेको भागमा परेको छ । प्रदेशसभाको बैठकले अन्तरिम कार्यविधि पारित गरेको छ भने सभामुखको अनुपस्थितिमा सभा सञ्चालनका लागि समिति पनि बनाएको छ ।  अर्को वैठक २९ माघ दिउँसो १ बजे बस्ने जानकारी दिइएको छ ।   (
कोशी खबर)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.