Websoft University

सिमसार क्षेत्र संरक्षणमा चुनौती



चितवन, माघ १९ गते । रातो तारा डट कम, विश्व सिमसार दिवस तीनदिने कार्यक्रमसहित आजदेखि विभिन्न कार्यक्रम घोषणा गरी मनाउन थालिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय र संरक्षणमा लागेको बाघ संरक्षण उपसमिति, समुदायमा आधारित चोरीशिकार नियन्त्रण युवा जागरण अभियान र वर्ड एजुकेशन सोसाइटी चितवनलगायत दर्जनौँ संघसंस्थाको सहभागितामा संरक्षणमूलक कार्यक्रम गर्न थालिएको हो ।

‘दिगो शहरी भविष्यका लागि सिमसार’ नाराका साथ रत्ननगरको टिकौलीस्थित जैविकमार्गको सरसफाइ गरेर दिवसको उद्घाटन गरिएको थियो । सो क्रममा चितवन निकुञ्ज पूर्वी सेक्टर कार्यालयका प्रमुख अभिनय पाठकले सिमसार क्षेत्र विभिन्न कारणले खुम्चिँदै गएकाले संरक्षणमा चुनौती रहेको बताउनुभयो ।

जलवायु परिवर्तनका साथै विभिन्न कारणले माटो झरेर पुरिने, पानी सुक्ने तथा अन्य मिचाहा प्रजातिको झारका कारण सिमसार क्षेत्र घट्दो क्रममा छ । उहाँले यसतर्फ सबैको चासो हुनुपर्नेमा जोड दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरेर ५८ वटा तालतलैया छन् । रामसार सूचीमा सूचीकृत विसहजारी ताल छ । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जंगलको सिमसार क्षेत्रमात्रै संरक्षण गरेर नहुने भन्दै अब गाउँघरका सिमसार क्षेत्रको समेत संरक्षण हुनुपर्ने बताउनुभयो ।

मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगानाले समितिमार्फत अहिले सिमसार क्षेत्र विस्तार र व्यवस्थापनको काम गरिरहेको र जैविक मार्गलगायत क्षेत्रलाई वातावरणमैत्री बनाउनुपर्ने बताउनुभयो । समुदायमा आधारित चोरीशिकार नियन्त्रण युवा जागरण अभियानकी संयोजक डोमा पौडेलले पारिस्थितिक प्रणालीमा सिमसार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको र सबै प्राणीको आश्रयस्थल सिमसार नै हुने उल्लेख गर्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.