Websoft University

हुलाकी सडक निर्माण तीव्र

लहान,फागुन ५ गते । रातो तारा डट कम, हुलाकी सडकअन्तर्गत सिरहाखण्डको निर्माण कार्यले तीव्रता पाएको छ । पूर्वमा बलान नदीदेखि पश्चिममा सदरमुकाम सिरहा बजारसम्म करिब २९ किलोमिटरको उक्त सडक निर्माण भइरहेको छ । सडक निर्माणको ठेक्का लिएको स्वछन्द, रोशन, महादेव खिम्ती जेभी जनकपुर उपमहानगरपालिका–४ धनुषाले निर्धा्रित समयमै काम सकिने गरी काम भइरहेको जनाएको छ ।

दुई लेनको उक्त सडक कालोपत्र गर्न रु एक अर्ब २० करोड २० लाखमा सम्झौता भएको ठेक्का कम्पनीका इन्जिनियर चन्द्र यादवले जानकारी दिनुभयो ।
तीन वर्ष्भित्र काम सकिने गरी सम्झौता भएको र निर्धा्रित समयभित्रै निर्माण पूरा हुने उहाँको भनाइ छ ।

हुलाकी सडक निर्माणको काम शुरु भएपछि सो भेगका सर्वसाधारण खुशी भएका छन् । सडक निर्माण भए मधेशको विकासले गति लिनाका साथै हजारौँ युवाले रोजगारी पाउने स्थानीयवासीको भनाइ छ । यस अघि सो सडक जीर्ण हुँदा सर्वसाधारणले सास्ती व्यहोर्दै आएका थिए ।

निर्माण शुरु भएसँगै सडकभित्र पर्ने रुख काट्न थालिएको छ भने सडक किनारामा बनाइको घर छाप्रो धमाधम हटाउन थालिएको छ । सडकमा माटो हाल्ने काम भइरहेको छ भने कतिपय ठाउँमा पुल नहुँदा समस्या भएको सडक निर्माणमा खटिएका प्राविधिकले बताएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.