Websoft University

बाघको छालासहित दुईजना पक्राउ परे


शिव भट्टराई - सुनसरी माघ २९ गते । रातो तारा डट कम,
इलाका प्रहरी कार्यालय इटहरीले बाघको छालासहित दुईजनालाई पक्राउ गरेको छ।

प्रहरी नायव उपरिक्षक संजय राउत नेतृत्वको टोलीले बिशेष सुचनाको आधारमा उनिहरुलाई नियन्त्रणमा लिएको हो।बिशेष सुराकीको आधारमा राउतको कमाण्डमा खटिएको प्रहरीको टोलीले इटहरी २ स्थित गणेश गुरुङ्गको घरबाट नगद ३लाख ५०हजार र बाघको छाला एउटा सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले सोही घरका ३५बर्षीय श्याम बहादुर गुरुङ्ग र इटहरी ६का ३३बर्षीय बिनोद देवानलाई सोमबार दिउसो डेढ बजेतिर नियन्त्रणमा लिएको जनाएको छ । उनिहरुको साथबाट ३बटा मोवाईल पनि प्रहरीले रामद गरेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.