Websoft University

हाती पाइलेको औषधि खुवाउने बारे छलफल


बिराटनगर, फागुन ९ गते । रातो तारा डट कम,हातिपाईले फाईलेरिया रोग भनेको के हो र यसको औषधि किन खानु पर्छ भन्ने बारेमा आज छलफल भएको थियो ।

बिराटनगर महानगरपालिका जनस्वास्थय महाशाखाबाट आउनु भएका राजेन्द्र खतिवडाले फागुन १२?१३?१४ गते खुवाइने हातिपाईले रोगको औषधिका बारेमा बिभिन्न जानकारी हरु दिनु भएको थियो ।

हातिपाईले फाईलेरिया रोग एक प्रकारको जुका प्रकारको परजिवी भएकाले यो पोथी क्युलेक्स जातको संक्रमित लाम्खुट्टेले टोके पछि मानिसमा यो रोग लाग्ने भएकाले बेलैमा रोक थाममा जोड दिनु पर्छ भन्नु भयो ।

यो लाम्खुट्टेले टोके पछि टोकेको ५ देखि १० वर्ष सम्ममा पनि यो रोग देखा पर्न सक्ने भएकाले औषधि अनिवार्य रुपमा खानु पर्छ ।

फाईलेरिया रोग परजिवीले मानिसका नसा जाम गर्दै गले पछि सुन्निने क्रम सुरु हुने र लागि सकेपछि रोक थाम हुने तर निको नहुने बताउनु भयो ।

आतिपाईलेको औषधि २ वर्ष मुनिका र ६५ वर्षमाथिका असक्त बिरामी सुत्केरी हरुले खान हुदैन । स्वस्थ्य मानिसहरुले पनि खालि पेटमा चै नखान आग्रह गर्दै खाना खाएको २ घन्टा सम्ममा खानु पर्ने सल्ला दिनु चयो ।

बिराटनगर ११ का वडा अध्यक्ष तथा कार्याक्रमका अध्यक्ष तिथेन्द्र न्यौपानेले आफना कुरा राख्दै, बिराटनगर ११ मा हाल १४ हजार जनसख्या भए पनि करिव ९ हजारलाई हातिपाईलेको औषधि खुवाउने लक्ष्य राखेको जानकारी गराउनु भयो ।

यो औषधिका बारेमा भ्रम फैलाएको भए तापनि अनिवार्य रुपमा खादा राम्रो हुने भएकोले सबै वडा वासिहरुले ढुक्क भएर औषधि खान आग्रह गर्नु भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.