बिराटनगर माघ २ गते । रातो तारा डट कम,स्कोलरसिप दिने प्रलोभनमा नेपाली विद्यार्थीलाई ठगी गरी भारतको वि ग्रेडका कलेज भर्ना गराउने गोरख धन्दा पछिल्लो समय विराटनगरमा फस्टाएको छ ।
भारतसंग सिमा जोडिएको नेपालको प्राय सवै सहरहरुमा यस्तो धन्दा मौलाईरहेको पाईएको छ । विद्यार्थीलाई मोटो स्कोलरसिप दिने नाममा भारतवाटै नेपाल आएका कलेजका एजेन्टहरुले विद्यार्थीलाई वि ग्रेड कलेजमा एडमिसन गराउने गरेको पाईएको छ ।
एक वर्ष अघि मात्र नेपालमा विभिन्न मेला र सेमिनार गराउने नाममा एक मुस्ठ थुप्रै नेपाली विद्यार्थीलाई भारतको वि ग्रेड कलेजमा भर्ना गराउने धन्दा नै चलेको थियो ।
तत्कालीन समयमा नेपाली विद्यार्थीहरुले भारतीय कलेजमा अनावश्यक दुख पाएको र ठगीमा परेको नेपाल सरकारलाई व्यापक दवाव दिएपछि, शिक्षा मन्त्रालयले भारतीय कलेजलाई विना स्वृकिति मेला सेमिनार गोष्ठी र सेमिनार गराउन वन्देज लगाएको थियो । हाल कुनै पनि भारतीय कलेजले नेपालमा कुनै पनि प्रकारको कार्यक्रम गर्नु परे शिक्षा मन्त्रालयको अनिर्वाय स्वीकृति लिनु पर्ने कानुनी व्यवस्था रहेको छ । तर यी नियमकानुनको खिल्ला उडाउदै भारतीय कलेज र नेपाली कन्सलटेन्सिको मिलेमत्तोमा गैरकानुनी रुपमा नेपामा भारतीय कलेजको चर्ना लक्षित कार्यक्रमहरु ह्ुने क्रम जारी रहेको छ ।
विराटनगरमा विना स्वीकृति शैक्षिक मेला आयोजना हुदै
चन्ढीगढ , पञ्जावको आर्यन गु्रप अफ कलेजले मंगलवार विना कुनै स्वीकृति विराटनगरमा शैक्षिक मेला आयोजना गर्न गईरहेको छ । विराटनगरकको महेन्द्र चौकमा हुन गईरहेको उक्त मेलाको भारतीय कलेजले कुनै पनि स्वृकिति लिएका छैन्न । भारतवाट आएका आरएन कलेजका एजेन्ट र नेपालका केहि कन्सलटेन्सिहरु मिलि अवैध रुपमा उक्त कार्यक्रम गराउन लागेका पाईएको छ । विना स्वृकिति महानगरभित्र कुनै पनि भारतीय शैक्षिक कार्यक्रम भए तत्काल कार्यक्रम रोकिदिने विराटनगरमहानगरपालिकाले प्रतिक्रिया दिएको छ ।
आर्यन कलेज चन्ढीगढको बदनाम कलेजहरुको लिष्टमा पर्दछ। यस्ता कलेजमाहरुमा भारतीय विद्यार्थिहरुले समेत भर्ना नगराउने हुनाले नेपाली विद्यार्थीलाई ठगी गरी भर्ना गर्ने गराईन्छ ।
यस्ता कलेजहरुमा प्राय गुणस्तर शिक्षा नहुने, खान पानको राम्रो व्यावस्था नहुने र शुल्क समेत सर्त भन्दा वढी लिने गरेको गुनासो आउने गरेको छ ।
Post a Comment