Websoft University

सफ्ट टेनिस खेलको राष्ट्रिय प्रतियोगिता विराटनगरमा हुने

विराटनगर, माघ २ गते । रातो तारा डट कम,
सफ्ट टेनिस खेलको राष्ट्रिय प्रतियोगिता विराटनगरमा हुने भएको छ ।

आयोजक मोरङ जिल्ला सफ्ट टेनिस संघले आज विराटनगरमा पत्रकार सम्मेलन गरी माघ ४ गतेदेखि विराटनगरको बैजनाथपुर रंगशाला र जुट मिलमा रहेको कोर्टमा  प्रतियोगिता हुने जानकारी गराएको हो ।

संघका  अध्यक्ष श्यामकुमार लामाले प्रतीयोगिताको सम्पुर्ण तयारी भएको बताए । प्रतियोगिता सम्पन्न गर्न १२ लाख ५० हजार खर्च हुने अध्यक्ष लामाले जानकारी दिए ।

तीनदिनसम्म सञ्चानल हुने प्रतियोगितामा पाँच विकाश केन्द्र र दुइ विभागीय  जनपथ र शसस्त्र प्रहरीका  खेलाडि, प्रशिक्षक र व्यवस्थापक गरी ९८ जना तथा ११ जना निर्णयकको सहभागि हुने छन् ।

प्रतियोगिता सम्पन्न गर्न एक मुल व्यवस्थापन समिती र आठ उप–समिती गठन गरेको जनाएको छ । (खबर पुर्वान्चलबाट)





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.