Websoft University

बिराटनगर जुटमिलमा व्यापक भ्रष्ट्चार, मिलको चल अचल सम्पती निजी करण हुदै


बिराटनगर,पुस २६ गते । रातो तारा डट कम,बिराटनगर जुटमिल्स बचाउ अभियान समितिले आज बिराटनगरमा पत्रकार सम्मेलन गरि सरकारको ६८ प्रतिसत सेर लाई सरकारको मन्जुरी बिनानै सेर खरिद बिक्री गर्ने र मिलको सम्पति लुटपात र कब्जा तथा बिक्री गर्न लागेकाले बिरोध जनाएको कुरा बताएका छन ।

बिराटनगरको पुरानो उधोग बिराटनगर जुट मिल चलाउने नाममा त्यहाको सम्पती माथि सन्चालक समितिका निलहरी काफलेले लगाएतले आफनो खुसि गर्न थाले पछि उनलाई बिभिन्न मितिमा पत्रै काटेर मन्त्रालयमा हाजिर हुन आउनु भने पनि उनीले अटेर गरेर मिलको जमिन दलाल मार्फत प्लटिङ गरेर बेचिरहेका र मिल भित्रका तामाका बहुमुल्य बस्तु राता रात बिक्री गर्दै आएकाले बचाउ समितिले सबै ठाउमा उजुरी गरिसकेको जानकारी गराउदै निलहरीलाई तु कारवाही हुनु पर्ने माग समेत राखेका छन ।

अहिले पनि मिलको करिव ५ अर्व भन्दा बढी सम्पती रहेको र करिव ७० बिग्गा जमिन रहेको तर अव नरोकेको खण्डमा सबै बिक्री गर्न थालेकाले हामीले पत्रकार सम्मेलन गरेर रोक्नका लागि यो खुल्याम भ्रष्टचारको उजगार गरेको हो, समितिका अध्यक्ष धर्मानन्द संन्जेलले पत्रकारहरुलाई जानकारी गराउनु भएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.