Websoft University

क्षेत्रिय निर्वाचन कार्यालय उद्घाटन


बिराटनगर माघ १ गते । रातो तारा डट कम,
प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले  माघ–७ गतेसम्मपनी प्रदेश प्रमुख नतोकिए माघ–२४ गते हुने राष्ट्रसभाको निर्वाचन प्रक्रियालाई असर नर्पनेगरी निर्वाचन आयोग अघि वढन वाध्य हुने वताउनु भएको छ ।

 क्षेत्रिय निर्वाचन कार्यालयको नवनिर्मित भवनको आज विराटनगरमा उद्घाटन गर्नुहुदै उहाले प्रदेश प्रमुख नतोकिदा निर्वाचन  सम्वन्धि कानुनी जटिल्ता उत्तपन्न भएकाले चाडै प्रदेश प्रमुख तोक्न सरकारलाई आग्रह गर्नुभयो ।

उहाले प्रदेशप्रमुख नियुक्तका लागी निर्वाचन आयोगले सरकारलाई पटकपटक आग्रह गरिरहेकाले प्रदेश प्रमुखको नियुक्तीमा ढिलाई नर्गन सरकारसंग आग्रह समेत गर्नुभयो ।
उहाले प्रदेश प्रमुख नतोकिदा प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक सुचि वुझाउने तथा प्रदेशसभा सदस्यहरुले कसरी सपथ लिने भन्ने विषयमा समस्या भएको बताउनुभयो ।
 उहाले   निर्वाचन आयोग संविधान सम्वद अगाडी वढि रहेकाले यसप्रति शंखा नर्गन आग्रह गर्नुभयो । प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचन आयोग कसैको पंक्षमा नभएको भन्दै निर्वाचन आयोगलाई निर्वाद  रुपमा कामगर्न दिनुपर्ने वताउनुभयो ।

 राष्ट्रसभाको निर्वाचन सम्पन्न नभएसम्म प्रतिनिधिसभा पुर्ण नहुने उहाको भनाई थियो । उहाले राष्ट्रसभाको निर्वाचन सम्पन्नगर्नका लागी निर्वाचन आयोग निर्वाचन  सम्वन्धि प्रक्रिया अगाडि वढाई रहेकाले त्यसका लागी सवैको  सहयोग अपरिहार्य रहेको वताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचन आयोगलाई शक्तिसाली वनाउने निर्वाचन आयोगलेनै निर्वाचनको मिति घोषणागर्न दिनुपर्ने वताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.