शिव भट्टराई -
इटहरी, माघ २ गते । रातो तारा डट कम,इटहरी नगरकार्यपालिकाकाे निर्णय लगायत अन्य विषयकाे जानकारी दिने गरि गर्न लागिएकाे पत्रकार सम्मेलन पत्रकारले बहिस्कार गरेका छन् । मंगलवार दिउँसाे ३ बजे पत्रकार सम्मेलन गर्नेवारे जानकारी दिइए पनि निर्धारित समयमा इटहरी नगरप्रमुख तथा उप प्रमुख उपस्थित भएनन् ।
अाधा घण्टा सम्म पत्रकारले बैठक हलमा कुरे पनि वडा नम्बर ६ का वडाअध्यक्ष दीपक गाैतम मात्र २० मिनेट पछि अाएका थिए । उनले अाफ्ना कुरा राख्न पाउँ भनेर अाग्रह गरे पनि अग्रज पत्रकार याम प्रधानले मेयर द्वारिकलाल चाैधरी र उपमेयर लक्ष्मी गाैतम नअाएका कारण पत्रकारकाे अपमानबाेध भएकाे बताए । उनले नगर प्रमुख र उपप्रमुखले क्षमा माग्नु पर्ने बताए । समयमा नअाउने भए हामीलाइ किन बाेलाएकाे ? उनले भने, समयलाइ महत्व दिने बताउने मेयरकाे यस्ताे कार्यले लज्जित बनायाे ।
पत्रकार सम्मेलनका लागि छापा, विधुतिय, रेडियाे तथा न्यू मिडियाका इटहरीका दर्जन बढि पत्रकारलाइ बाेलाइएकाे थियाे । सिएफएल खरिद प्रकरणमा मुछिएकालाइ उन्मुक्ति हुने निर्णय कार्यपालिकाबाट भएकाे भन्दै नागरिकस्तरबाट बिराेध हुँदै अाएकाे छ । अाजै मात्र युवाहरूकाे समुहले उपमहानगरकाे गेटमा धर्ना दिएका थिए । उनिहरूले भ्रष्टाचारीलाइ उम्काउने खेल भएकाे भन्दै खबरदारि गरेका थिए ।
Post a Comment