Websoft University

इटहरी जेसीजको अध्यक्षमा सोम गौतम


शिव भट्टराई-सुनसरी, पुस २८ गते । रातो तारा डट कम,
इटहरी जेसीजको ३० औं अधिवेशन विहीवार सम्पन्न भएको छ । अधिवेशनबाट सन् २०१८ का लागि सोम गौतम अध्यक्षमा सर्वसम्मत भएका छन् । अध्यक्ष आकांक्षी माधव भट्टराई र सुमन सुवेदीले नेतृत्व चयनको अन्तिम समयमा आएर गौतमलाई समर्थन गरेका थिए ।

त्यसैगरी, इटहरी जेसीजको कार्यकारीणी उपाध्यक्षमा योगेन्द्र पौडेल र युवराज काफ्ले चयन भएका छन् । त्यस्तै अन्य उपाध्यक्षमा संजीव घिमिरे, माधव पौडेल, लोकनाथ भण्डारी र मुक्तिनाथ दाहाल रहेका छन् । सचिवमा भने सुमन साह चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष गौतम सन् २००७ मा इटहरी जेसीजमा आबद्ध भएका थिए । त्यसको एक बर्षपछि उनी शाखा सम्पादक भए । इटहरी जेसीजका लागि कार्यक्रम व्यवस्थापक, कोष बृद्धि संयोजक, कोषाध्यक्ष, सचिव, महासचिव, कानूनी सल्लाहकार, उपाध्यक्ष, कार्यकारीणी उपाध्यक्षजस्ता जिम्मेवारी गौतमले यसअघि बहन गरिसकेका छन् ।

अध्यक्ष गौतमले नेतृत्व विकास तालिम आयोजना गर्ने, स्वास्थ्यका लागि खेलकुद आयोजना गर्ने साथै शैक्षिक संस्थामा जेसीजबारे जानकारी गराउने भावी योजना रहेको बताएका छन् । 
 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.