Websoft University

सीमा अतिक्रमणको विरोध


काठमाडौँ, माघ ६ गते । रातो तारा डट कम,नेपाल तरुण दलले भारतीय पक्षबाट भएको भनिएको नेपाली सीमा अतिक्रमणको विरोध गरेको छ ।

दलका महामन्त्री भूपेन्द्रजंग शाहीले जारी गरेको विज्ञप्तिमा पर्सा, रौतहट, कञ्चनपुरलगायत विभिन्न जिल्लाको नेपाली भूमि मिचेर जंगेपिलर सारिएको घटनाप्रति आपत्ति प्रकट गर्दै नेपाली अस्मितामाथि गम्भीर चोट पु¥याउने उक्त कदमलाई तत्काल रोक्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभयो ।

शाहीले सो घटनाको सत्यतथ्य पत्ता लगाई बारम्बार हुने सीमा अतिक्रमणको दीर्घकालीन समाधानका लागि उचित पहल कदमी लिन सरकारसमक्ष माग गर्नुभएको छ । रासस 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.