उर्लाबारी, मोरङ, माघ ६ गते । रातो तारा डट कम,
मोरङ जिल्ला फुटबल संघको अध्यक्षमा पुनः दीपेन्द्र धिमाल निर्वाचित हुनुभएको छ ।
बिहीबार लेटाङ नगरपालिकामा सम्पन्न निर्वाचनमा धिमालले प्रतिद्वन्द्वी किरण गिरीलाई दुई मत अन्तरले पराजित गर्दै लगातार तेस्रो पटक अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
धिमालले आठ मत ल्याउनुभयो भने गिरीले छ मत प्राप्त गर्नुभएको थियो । यो विजयसँगै धिमाल जिल्ला फुटबल संघमा ह्याट्रिक गर्नुभएको छ । उहाँ २०६४ सालदेखि जिल्ला फुटबल संघको अध्यक्ष हुनुहुन्छ । फुटबल संघको उपाध्यक्षमा दीपेन्द्र तिवारी, माधवराज भण्डारी र धनकुमार लामा निर्वाचित हुनुभएको छ ।
महिला सदस्यमा कौशिला लिम्बू र सदस्यमा उद्धवकुमार भुजेल, ओमप्रकाश मास्के, इन्द्रमणि पोखरेल, प्रेम तामाङ, खड्गबहादुर श्रेष्ठ, नगेन्द्र घिसिङ, माधवप्रसाद लिम्बू र तेजराज गिरी निर्वाचित हुनुभएको छ ।
Post a Comment