Websoft University

बेलवारीको जनता प्रा बि मा राष्टपति आउने


बिराटनगर, माघ ४ गते । रातो तारा डट कम,बेलवारी नगरपालिका वडा न १ मा रहेको श्री जनता आधारभुत प्रथमिक बिधालय स्थापना भएको ५० औं वर्ष पुरा भएको उपलक्ष्यमा माघ ६ गते सनिवार “स्वर्ण महोत्सव समारोह २०७४”मनाउने र राष्टपती ज्यू बाट बिधालयको स्वर्ण स्मारक अनावरण गर्ने कार्यक्रम रहेकोछ ।

बिधालय “स्वर्ण महोत्सव समारोह २०७४” समारोह समिति प्रभार प्रसार उप समितिका टेकराज एक्भाई मगर र स्मारिका प्रकाशन समितिका तर्फबाट भीम बस्नेतले आज बिराटनगरमा पत्रकार सम्मेलन गरेको उक्त कुराहरु जानकारी गराएको हुन ।

सोही दिन बेलवारी नगरपालिकाले राष्टपतिलाई अभिनन्दन गर्ने कार्यक्रम समेत रहेको आयोजक समितिका सदस्य भीम बस्नेतले जानकारी गराउनु भएको थियो ।

२०२४ साल माघ २० गते जनता प्राथमिक बिधालयको नामबाट स्थापना भएको यो बिधालयमा कुने समय संम्माननीय राष्टपति विद्मादेवी भण्डारी स्वयम शिक्षिका रहनु भएको थियो ।

“स्वर्ण महोत्सव समारोह २०७४”बिधालयले माघ ६ गते देखि लगातार १७ गते सम्म बिभिन्न कार्यक्रहरु गर्ने र १८ नयाँ भवनको उदघाटन गरेर कार्यक्रम समापन गर्ने कुराहरु पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
हाल जनता प्रा बि मा १५० बिधार्थीहरुले अध्यान गरिरहेका र छन भने ६ शिक्षक ५ शिक्षिका जम्मा ११ शिक्षक शिक्षिकाहरुले अध्यापन गराईरहनु भएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.