Websoft University

राजधानी भएकोमा हर्षोउल्लास ,विराटनगर महानगरले गर्यो स्वागत


विराटनगर माघ ४ गते । रातो तारा डट कम,सरकारले ७ वटा प्रदेशमा प्रदेश प्रमुख सहित अस्थायी राजधानी तोकेसँगै विराटनगरवासी यतिबेला हर्षित भएका छन् । बुधबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेश प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोकेको हो ।

सरकारले एक नम्बर प्रदेशको अस्थाई राजधानी विराटनगरलाई तोके सँगै  विराटनगरबासीमा खुसी छाएको
छ ।  विराटनगरमा एक नम्बर प्रदेशको अस्थाई राजधानी तोकेपछि विराटनगरमा ३ दिन सम्म सन्ध्यााकालिन दिपप्रजल्वन गरिने भएको छ ।

प्रदेश नं १ को राजधानी अस्थाईरुपमा  विराटनगर तोकिएको सुःखद अवसरमा विराटनगर महानगरपालिकाले विहिवार स्वागत तथा हर्षेउल्लास र्यालीको आयोजना गरेको छ । विराटनगर महानगरवाट साझ निस्किएको र्यालीले नगरका विभिन्न भागको परिक्रमा गर्दे महेन्द्रचोक पुगेको थियो ।

कार्यक्रममा सांसद लालबाबु पंडित विराटनगर महानगरका मेयर भीम पराजुली तथा उपमेयर इन्दिरा कार्की ,प्रदेश सभा सदस्य जयराम यादव ,केदार कार्की ,उद्योगी महेश जाजु,पवन सारडा,प्रकाश मुन्दडा ,लगायतको सहभागिता रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.