Websoft University

बेलका नगरपालिकाको न्यायिक समितिलाई प्रहरीले सहयोग नगरेकोमा उपमेयरको गुनासो


बिराटगर, माघ ६ गते । रातो तारा डट कम,नगरपालिकाहरु स्थापना भए सगै “आर्थिक समृद्घी र सामाजिक न्याय र भौतिक पुर्वाधार सामाजिक परिचालन शुशासन र दिगो  विकासको आधार”भन्ने नाराका साथ बेलका नगरपालिका जनताकै सेवाका लागि हरेक क्षेत्रमा अगि बढेरहेकोछ ।

अहिले नगरको बिकास भन्दा पनि गुनासो तिरको कुरालाई यहाँ राख्न लागिरहेकाछौ । रामपुर ईलाका प्रहरी कार्यालय बेलकामा सोहि नगरपालिका वडा नम्वर ५ बस्ने उद्घ पाण्डेले दिएको निवेदन उपर कारवाही नभए पछि ऋणी राम बहादुर बिष्ट उपर बेलका नगरपालिकाको न्याय परिषदमा निवेद गरेका रहेछन ।

रामबहादुर बिष्टले सापटी लिएको रु २५ हजार पाण्डेलाई नतिरे पछि राम बहादुर बिष्टबाट ऋणी उठाई पाउ भनि दिएको निवेदन उपर समितिले कारवाही गरि बिष्टले पाण्डेलाई तिर्नु पर्ने रकम असुल उपर गर्न न्यायिक समितिले रामपुर ईलका प्रहरी कार्यालय बेलकामा बारमबार पत्र लेखेर सहयोग माग्दा उक्त कार्यालय का इनिस्पेक्टर शुभास राईले समितिलाई असहयोग गरेको फोन गर्दा फोन नउठाउने गरेको जस्ता धेरै कुरा उल्लेख गर्दै बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले गुनासो गर्नु भएकोछ ।

प्रहरीले स्थानिय तहको शाशन पदतिको काम काजमा सहयोगको आदान प्रदान जहिले पनि सकृय रहनु पर्छ तर त्यसो भएन भने जनप्रतिधिहरुलाई जनताको काम गर्न गारो पर्न सक्छ भन्नु भयो । यहाँ सहयोग हुदैन भने १ नम्वर प्रदेश स्थरिय प्रहरीकार्यालयले बेलका इलका प्रहरी कार्यालयमा राम्रो जनताको काममा सहयोग गर्ने प्रहरी पठाएर सहयोग गर्न बेलका नपाकी उपमेयरले रातो तारा मार्फत आग्रह गर्नु भएकोछ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.