Websoft University

क्रिकेटको उपाधि एम.सी.सी.लाई




विराटनगर,  माघ  ३ गते । रातो तारा डट कम, मोरङ जिल्ला स्तरीया बी डिभिजन क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरमा रहेको एम.सी.सी क्लबले जितेको छ ।

मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरमा आज सम्पन्न भएको फाइनलमा विनायक क्रिकेट क्लबलाई २४ रनले हराउँदै एम.सी.सीले उपाधी जितेको हो ।

टस जितेर ब्याटिङ गरेकोे एम.सी.सी.ले ९५ रनको लक्ष्य दिएको थियो । जितका लागि एम.सी.सी. का दिपक पासवानले १६ रन, सुरज श्रेष्ठले १७ रनको योगदान दिएका थिए ।  जवाफी ब्याटिङ गरेको विनायकले सवै विकेट गुमाई ७१ रनमा अलआउट भए । विनायककालागि रोशन यादवले १५ र कृष्ण मण्डलले ११ रनको योगदान दिए । एमसीसीका मेहबुव आलमले ४ विकेट र सर्बण यादवले ३ विकेट लिएका थिए ।

प्रतियोगिताको फाइनल खेलको म्याद अफ म्याच एम.सी.सी का मेहबुव आलम घोषित भए ।

प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान जामुनगाछी क्रिकेट क्लबका अमर साह घोषित भए । त्यस्तै उत्कृष्ट बलर एम.सी.सी. ‘बी’ का अजय शर्मा, प्रतियोगिताको उत्कृष्ट खेलाडी विनायकका रवि मण्डल घोषित भए । 
खबर पूर्वाञ्चलबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.