भक्तपुर, माघ ४ गते । रातो तारा डट कम, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सम्पदा पुनःनिर्माणको काम सरकार आफैँले गर्नुपर्ने बताउनुभएको
छ ।
बीसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा भक्तपुर नगरपालिका, ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनियरिङको संयुक्त आयोजनामा भूकम्पीय जोखिम न्यूनीकरणसहितको निर्माणसम्बन्धी जनचेतनामूलक शैक्षिक प्रदर्शनीको आज समापन कार्यक्रममा अध्यक्ष बिजुक्छेले यस्तो बताउनुभएको हो ।
उहाँले सम्पदा पुनःनिर्माणको गुणस्तरीयता र मौलिकताका लागि सरकारले नै सम्पदाको पुनःनिर्माण गर्नुपर्ने बताउनुभएको हो ।
स्मारक संरक्षणका लागि सरकारले नेपालको प्राचीन शैलीबारे अध्ययन अध्यापन गराउनुपर्ने उहाँको भनाइ थियो । विदेशीले आफ्नो स्वार्थ अनुकूल सहयोग गर्नेहँुदा पुनःनिर्माणमा विदेशीको मात्र भर पर्न नहुने उहाँको भनाइ थियो ।
भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनील प्रजापतिले विसं २०७२ को भूकम्पले जनधनको क्षतिका साथै ७२ वटा सम्पदा पूर्ण र ६२ वटा सम्पदामा आंशिक क्षति पुगेको बताउँदै उहाँले मौलिक र आधुनिक प्रविधिको प्रयोग गरी सम्पदाको पुनःनिर्माण कार्य भइरहेको जानकारी गराउनुभयो । प्रदर्शनीमा ६२ वटा विभिन्न विषयका मोडल, पोष्टर र रोबोटलगायतका सामग्री राखिएका थिए ।

Post a Comment