Websoft University

इस्टर्न युथ क्लबद्धारा सांगितिक कार्यक्रम धरानमा गर्ने

(फाएल फोटो)

 बिराटनगर पुस २६ गते । रातो तारा डट कम,
इस्टर्न युथ क्लबद्धारा आयोजित चौथो माघे संक्रान्ति सांगितिक कार्यक्रम धरानमा हुने भएको छ ।

यहि माघ १ गत्ते फोहोरमैला रहित धरान, स्वच्छ सफा बनाउने हाम्रो अभियान भन्ने उदेश्यका साथ अघिल्लो बर्ष झै यो बर्ष पनि धरान १४ स्थीत हुक्पा चोङबाङ, रिसोर्टमा सांगितिक कार्यक्रम हुने भएको हो ।

सो कार्यक्रमबाट संकलित रकमले धरानका विभिन्न मठ मन्दिर तथा चौकहरुमा अव्यवस्थित रुपमा फालिने फोहोरलाई व्यवस्थित गर्न प्रतिगोटा पाँच हजार रुपैँया पर्ने कम्तिमा ५० वटा डस्विनको व्यवस्थापन गरीने आज पत्रकार सम्मेलन गरी कार्यक्रमका संयोजक चन्द्र लिम्बुले जानकारी दिनुभएको छ ।

त्यसैगरी सांगितिक कार्यक्रममा छोटो समयमै चर्चित बनुभएको रा्यापर भिटेन समिर घिसिङ, डिजे अर्पना साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.