Websoft University

नेपाल पुलिस क्लब विजयी


पोखरा, माघ १३ गते । रातो तारा डट कम, पोखरामा जारी आहा रारा गोल्डकप फुटवल प्रतियोगिताको आजको खेलमा रमपम झापा ११ लाई १–० गोल अन्तरले हराउँदै नेपाल पुलिस क्लब विजयी बनेको छ ।

खेलको १२ औँ मिनेटमा पुलिस क्लबका अभिषेक रिजालको पासमा सुमन लामाले हेडिङमार्फत गरेको गोल नै प्रतियोगिताको निर्णायक बन्न पुग्यो । आजको खेलमा पुलिस क्लबका रवि पासवान उत्कृष्ट खेलाडी घोषित बन्नुभयो ।

पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापाले खेलाडी नयाँ भए पनि अनुशासित खेल खेल्दा आजको प्रतियोगिता जित्न सफल बनेको बताउनुभयो । रमपम झापाका प्रशिक्षक प्रवेश कटुवालले नयाँ तथा पुराना दुई किसिमका खेलाडी रहनु र यसअघिका प्रतियोगिताका क्रममा केही घाइतेसमेत भएका कारण अपेक्षानुसार खेल्न नसकेको बताउनुभयो ।

शनिबारको पहिलो क्वाटरफाइनल खेल बंगलादेशको बलिन्धारा र सुदूरपश्चिम ११ स्पोर्टिङ क्लबबीच हुने आयोजकले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.