Websoft University

उर्लाबारीका मेयरद्वारा रिसोर्ट उद्घाटन



उर्लाबारी, पुस १७ गते । रातो तारा डट कम,
मोरङको उर्लाबारी नगरपालिका-४ सिसौलीमा पुर्वी नेपालकै सुविधा सम्पन्न रोयल हेरिटेज रिसोर्टऔपचारिक रूपमा सुरू भएको छ .

अंग्रेजी नयाँ बर्षको अवसर पारेर सरू भएको
रिसोर्टको आइतबार उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग
फागोले रिवन काटेर उद्घाटन गरेका हुन् । उद्घाटनपछि
प्रमुख फागोले रिसोर्टले उर्लाबारी नभएर पुर्वाञ्चलकै पर्यटन
उद्योगको विकास हुनेमा आफु विस्वास्त रहेको बताए। कार्यक्रममा पथरीशनिश्चरे नगरका प्रमुख दिलिपकुमार राईले उद्योगकै रूपमा स्थापना भएको रिसोर्ट स्थापनापछि सो क्षेत्रको भौतिक विकाससमेत हुने बताए ।

कार्यक्रममा होटल ब्यवसायी संघका क्षेत्रीय अध्यक्ष मनोहरी दाहाल लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
रिसोर्टका प्रमुख सञ्चालक कमल हाङबाङ्गको सभापतित्वमा भएको कार्यक्रममा रोशन हाङबाङले स्वागत गरेका थिए ।

उद्घाटनमा शसस्त्र प्रहरी पाथीभारा गणका प्रमुख विदुर खड्का, समाज सेवी सुवास निरौला, सोभा पालुङ्वा लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा गायक विनोद खम्बुले ‘झनझन
खायो झनझन मिठो..., बोलको गीत गायर उपस्थित अतिथि
तथा दर्शकलाई मनोरञ्जन दिएका थिए ।

उर्लाबारी—४, सिसौलीमा स्थापित रोयल हेरिटेज
रिसोर्टले आयोजना गरेको सांगीतिक कार्यत्रममा चर्चित गायक
खगेन्द्र याक्सो लगायतका कलाकारहरू सँगर।मेर अग्रेजी नयाँ
बर्ष मनाएका छन् .

गायक खगेन्द्र याक्सोले ‘च’ङ्वा दोभान ख्यालख्याल
गर्दैमा वित्यो जोवन...., ‘माघे नि मैलैमा..., लगायतका
चर्चित गीत गायर दर्शकलाई नचाएका थिए .

त्यसैगरी अर्का गायक विनोद खम्बुले ‘झनझन
खायो, झनझन मिठो..., ‘बसमा छैन मेरो मन...,
लगायतका गीत गाउँदा उपस्थित दर्शकले जमेर न्यु इयर इभ
मनाएका थिए ।

कार्यक्रममा सुष्मा लिम्बु, लिला राई, जितेन लेप्चा,
सन्तोष राई, लक्ष्मण लिम्बुको साथै मोरङ पथरीका ‘द न्यु
जेनेरेसन ब्यण्ड’को लाइभ प्रस्त’तीमा दर्शक रमाएका थिए ।

रिसोर्ट प्रदेशकै सुविधा सम्पन्न भएको दावी
रिर्सोट पथरीका हाङबाङ दाजुभाई कमल र रोशन अनि
उर्लाबारीका खगेन्द्र थापाको संयुक्त लगानीमा खुलेको हो ।
रिसोर्ट उर्लाबारी बहुमुखी क्याम्पस मुख्य सडकदेखि करिव आठ सय मिटर दक्षिणमा पर्छ ।

नेपालीहरूको बढेदै गएको लिभिङ स्टान्डरलाई
ख्याल गरेर शान्तसँग बस्न, खान र पुर्ण सुरक्षा सहितको रिसोर्ट खोलिएको सञ्चालक कमल हाङबाङले बताए ।

डेढा करोडको लगानीमा खोलिएको रिर्सोट प्रदेशकैसबभन्दा सुविधा सम्पन्न रहेको प्रमुख सञ्चालक हाङबाङको दावी छ । दुई विगाहा जमिनमा फैलिएको रिसोर्टमा विभिन्न साइजका कार्यक्रम हल तथा बस्नको लागि स’विधा युक्त रूमहरू रहेको सञ्चालक खगेन्द्र थापाले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.