Websoft University

आयोगद्वारा धन्यवाद

७० प्रतिशत मतदान:-
काठमाडौँ, मंसिर २३ गते । रातो तारा डट कम, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको बिहीबार भएको निर्वाचनमा करिब ७० प्रतिशत मतदान भएको छ । निर्वाचन आयोग, संयुक्त निर्वाचन परिचालन केन्द्रले प्रारम्भिक रुपमा ६७ प्रतिशत मतदान भएको जानकारी बिहीबार दिएको थियो । पहिलो चरणमा भने ६५ प्रतिशत मतदान भएको थियो ।
आयोगले मंसिर २१ गते सम्पन्न निर्वाचनको मत परिणाम तथा मतगणनासम्बन्धी विवरण प्राप्त भइरहेको जनाएको छ । आयोगबाट प्राप्त पछिल्लो विवरणअनुसार छ जिल्लाका मतपेटिका ढुवानीका क्रममा रहेको र १९ जिल्लाको मतगणना शुरु भएको छ ।

मंसिर १० गते सम्पन्न निर्वाचनको हालसम्म मनाङ, मुस्ताङ र पूर्वी रुकुमको पहिलो हुने निर्वा्चित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मतगणना सम्पन्न भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।



आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ऐतिहासिक रुपमा सफल तुल्याउन निर्वाचनमा खटिने राष्ट्रसेवक कर्मचारीबाट उच्चस्तरको कार्यसम्पादन भएको भनी उच्च प्रशंसा गर्दै धन्यवाद दिएको छ ।

आयोगमा आज आयोजितसमीक्षा कार्यक्रममा सचिव वेगेन्द्रराज शर्मा पौड्यालले भन्नुभयो, “तपाईँहरुलाई ऐतिहासिक निर्वाचनको महत्वपूर्ण अङ्ग बन्ने अवसर मिलेको छ, सम्पादन भएको कामका लागि हृदयदेखि नै सलाम गर्न चाहन्छु ।”

स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्र जति बलियो हुन्छ, मुलुक त्यति नै समृद्ध र विकसित हुन्छ भन्दै उहाँले इमान्दार, ज्ञानी र स्वावलम्बी कर्मचारीका रुपमा सदासर्वदा प्रस्तुत हुन निर्देशन दिनुभयो । सचिव पौडेलले भन्नुभयो, “मुलुक संघीयतामा अघि बढिसकेको अवस्थामा सरकारले खटाएको ठाउँमा गएर काम गरौँ, नाइँनास्ती नगरौँ, यो विषयमा सरकारलाई सहयोग गरौँ ।

आयोगका सहसचिव दीपक सुवेदीले निर्वाचनमा खटिएका राष्ट्रसेवकको इमान्दारी, जवाफदेहिता र लगनशीलताको प्रतिफलका रुपमा निर्वाचन स्वच्छ, स्वतन्त्र र विश्वसनीय ढंगबाट सम्पन्न हुन सकेको बताउनुभयो । आयोगका कानुन महाशाखाका प्रमुख सुशील कोइरालाले समयको चाप निकै भए पनि कर्मचारीको सामूहिक प्रयासले निर्वाचन सफल रुपमा सम्पन्न भएको धारणा व्यक्त गर्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.