Websoft University

मङ्सिरे पुर्णे नकाउट फुटबलको उपाधि खदमहिल क्लब केराबारीलाई


युवराज ठकुरी/सिंहदेवी,मोरङ, मंसिर २८ गते । रातो तारा डट कम,उत्तरी मोरङ सिंहदेवीमा जारी मङ्सिरे पुर्णिमा नकाउट फुटबल प्रतियोगिता अन्तरगत बुधबार भएको
फाइनल खेलमा फाक्सिब धनकुटालाई १गोलले
पछि पार्दै खदमहिल क्लब केराबारीले उपाधि
चुमेको छ।

खदम हिल क्लब केराबारीका तर्फबाट बिपिन लिम्बूले खेलको शुरूवातीमा १गोल गर्दै आफनो टिमलाई अघि बढाएका थिए । पुनः केराबारीका तर्फबाट बिक्रम लिम्बूले थप एक गोल गर्दै आफनो टिमलाई विजयीको नजिक वनाए पछि थप फाक्सिबका खेलाडीले आत्माघाती गोल गरेपछि जीत सुनिश्चित बनाएका थिए।

हाप टाइम पछाडी फाक्सिबका पुजन लिम्बूले २गोल फर्काउन सफल भएपनि गोल बराबर बनाउन नसकेपछि १गोलको अन्तरले पराजित हुनुपर्यो। त्यसै गरि केराबारी भालुकुडे र आयोजक Cले पाँच पाँच हजारमा चित्त बुझाउनुपर्यो।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ३०
हजार दोश्रो हुनेले २०००० हजार र तेश्रो र सेमी फाइनलमा पुग्ने टिमले ५ /५हजार सहित प्रमाण पत्र प्राप्त
गरेका छन् । उत्कृष्ट खेलाडीका रुपमा फाक्सिबका पुजन लिम्बू , अनुशासित खेलाडीका रुपमा केराबारीका सुर्य थापा, उत्कृष्ट घोषित भएका थिए।

उनीहरुलाई ट्रफि सहित पुरस्कार वितरण
गरिएको थियो । मेला समापन तथा फुटवल प्रतियोगिताको
अन्तिम दिन वडा सदस्य दिलिपकुमार ठकुरीको प्रमुख आथित्यता खेलकुद संयोजक सुमन लिङ्दम,कल्याणकारी माविका शिक्षक कृष्णबहादुर ठकुरी ,राजेश लिम्बू,राम बस्नेत लगायतको उपस्तिथिमा पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रममा खेलकुद
संयोजक सुमन लिङ्दम,कल्याणकारी माविका
कृष्ण ठकुरी र प्रमुख अतिथि लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रम कमल ठकुरीको सन्चालन तथा मेलाबजार समितिका अध्यक्ष खड्गबहादुर ठकुरीको सभापतित्वमा सम्पन्न भएको थियो।

 प्रतियोगिता बाहिरको सोह्र टिम र आयोजक चार टिम गरि बीस टिमले सहभागिता जनाएका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.