दमक मंसिर २० गते । रातो तसरा डट कम,
झापाको दमक ३ स्थित ढुकुरपानी माद्यमीक बिद्यालय अगाडि फेला परेको बम नेपाली सेनाले निष्कृय पारेको छ ।
बिहान ४ बजे फेला परेको उक्त बम कमल स्थित तोपगाछिमा रहेको २१ नम्वर बाहिनीवाट बम डिस्पोजल टोली आएर निष्कृय पारेको क्याप्टेन पुर बहादुर घलेले जानकारी दिनु
भयो ।
ढुकुरपानीमा भेटिएको बम क्यान बम रहेको र उक्त बमलाई इलोक्ट्रोनिक सर्किट र दुईवटा डेटुनेटरलाई छुवाएर डिस्पोज गरिएको सेनाले जनाएको छ ।
त्यसै गरि हिमालय माद्यमीक बिद्यालयमा र सरस्वती माद्यमीक बिद्यालय मतदान केन्द्रको छेउमा (संकास्पद बस्तु) मात्र रहेको क्याप्टेन घलेले जानकारी दिनु
भयो
चुनाव अघि यसरी मतदान केन्द्रमै बम र संस्पाद बस्तु भेटिएपछि प्रहरीले सुरक्षा व्यवस्थालाई झन बजबुत बनाउने इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी दिपक गीरिले जानकारी गराउनु भएको छ ।
Post a Comment