रबिन्द्र बराल- रंगेली,माेरङ पुस २ गते,अाईतबार ।
रातो तारा डट कम,प्यापसन माेरङ क्षेत्र नम्बर ९ काे अायाेजनामा माेरङकाे रंगेलीमा २ दिने स्पोर्ट मिट अाईतबार सम्पन्न भएको छ । सो खेलमा मिनिल्यान्ड बाेडिङ स्कुल प्रथम भएको हो ।
बिधार्थीहरुकाे चाैतर्फि बिकाशका लागि हरेक बर्ष गर्दै अाएकाे खेलकुद उत्सव अन्तर्गत क्षेत्रगत रुपमा उक्त खेल भएको छ । उक्त खेलमा मिलिल्यान्ड इङलिस बाेडिङ स्कुलले ४ गाेल्ड,२ सिलिभर,र १ कास्यप हात पारेको छ ।
त्यसैगरी द भानु मेमोरियल ईङलिस बाेडिङ स्कुल रंगेली दाेस्राे भएको छ । भानुले ४ गाेल्ड,१ सिलिभर,र १ कास्यप जितेकाे छ । साे खेलमा रंगेली क्षेत्र नम्बर ९ मा रहेको १४ बटा बिधालयहरुले भाग लिएका थिए ।
साे खेलमा प्रथम , द्वितीय ,सानात्वना भएका बिधालय हरुलाई मेडल,प्रमाणपत्र ट्रफिहरु प्यापसन माेरङका अध्यक्ष सुनिल पाैडेलले , माेति ढकाल, भक्त राज सुब्बा, बिकर्ण कार्की लगायतले बितरण गरेका थिए ।
उक्त खेल रंगेलीकाे जनता क्याम्पकाे खेल मैदानमा अायाेजना गरिएकाे थियोे । माेति ढकाल सभापतित्वमा कार्यक्रम सम्पन भएको थियाे ।
खेलकुद मा लङ जम्प,१ सय मिटर र २ सय मिटर दाैड , रिले, म्याराथन, सुट पुट,ज्यावलिङ,क्रिकेटका खेलहरु भएको थियोे। उक्त खेलकाे क्रिकेट खेल काे सेमि फाईनल, र फाईनल खेल अागमी शुक्रबार र शनिबार हुने अायाेजकले जनाएकोछ ।
Post a Comment