काठमान्डौ,पुस २ गते । रातो तारा डट कम,
१ नं प्रदेशको राजधानी विराटनगर हुनुपर्ने माग सहित विराटनगर महानगरको तर्फवाट पुस २ गते आइतवार प्रधानमन्त्री शेरवहादुर देउवालाई पत्रमार्फत जानकारी दिदै विराटनगर महानगरका मेयर भीम पराजुली ।
पत्रमा विराटनगर महानगर भीत्र रहेका महत्वपुर्ण कार्यालय,एरपोर्ट र बस्तु स्थितीका विषयहरु समेटिएको छ । पत्रबुझ्दै प्रधानमन्त्री देउवाले १ नं प्रदेशको राजधानी विराटनगर नै हुने बताउनु भएको मेयर पराजुलीले जानकारी दिनु भयो ।
काठमान्डौ स्थित प्रधानमन्त्री निवासमा भएको कुराकानीमा देउवाले विराटनगरको बस्तु स्थिती र ऐतिहासिक राजनैतिक आन्दोलनको उर्बरभुमीलाई विर्सन नसकिने बताउनु भएको थियो ।
Post a Comment