Websoft University

चाँडो एकता प्रक्रिया शुरु हुन्छ – नेता शर्मा


काठमाडौँ, मंसिर २९ गते । रातो तारा डट कम, नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्माले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच चाँडो एकता प्रक्रिया शुरु हुने बताउनुभएको छ ।
रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा उहाँले दुवै पार्टीका नेतालाई सम्मानजनक व्यवस्थापन हुनेगरी अहिले एकताको गृहकार्य भइरहेको छ भन्नुभयो ।

नेता शर्माले पार्टी एकता र सरकार निर्माण प्रक्रिया सँगसँगै अगाडि बढ्ने बताउँदै “पार्टी एकताका लागि काम भइरहेको छ, अहिले साझा विधान ल्याउनका लागि कार्य चलिरहेकाले एकताका लागि ठूलो दबाब छ, हामी विचलित हुँदैनौँ,” भन्नुभयो ।

निर्वाचनमा जनताले वाम गठबन्धनलाई बहुमत दिएर मुलुकलाई स्थिरतातर्फ लैजान चाहेकाले अब सरकार र प्रतिपक्षी दल मिलेर देशलाई समृद्धि बनाउनका लागि काम गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

खानेपानी तथा सरसफाइमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले काँग्रेसले अब प्रतिपक्षमा बसेर जनताको सेवा गर्ने जनादेशलाई कार्यान्वयन गर्ने बताउँदै बाहिर चर्चा भएजस्तो कुनै विवाद र मतभेद पार्टी्भित्र नरहेको स्पष्ट पार्नुभयो ,

पार्टी सभापति शेरबहादुर देउवाको विकल्प नरहेको पनि उहाँले बताउनुभयो ।

संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले वाम गठबन्धनले लिने नीतिका आधारमा आफ्नो दलले सहयोग गर्ने वा नगर्ने निर्णय लिइने बताउँदैे संविधान संशोधनमा सकारात्मक भए आफ्नो दलले अब बन्ने सरकारसँग सहकार्य गर्न सक्ने धारणा व्यक्त गर्नुभयो । प्रदेश नं २ मा आफ्नो पार्टी ठूलो दल भएकाले मुख्य मन्त्रीमा आफ्नो दलको दाबी रहने पनि बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.