मोरङ,पुस १ गते । रातो तारा डट कम, देश सघीय संमरचनामा आईसके पछि भएको पहिलो निर्वाचनबाट १ नम्वर प्रदेशका प्रदेश सभा सदस्य जीवन घिमिरे,जयराम यादव, केदार कार्कीसमेतले बिराटनगरलाई १ नम्वर प्रदेशको राजधानी घोषणा हुनु पर्ने माग राख्दै, जिल्ला प्रशास मोरङमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य मार्फत प्रधान मन्त्रीलाई आज ज्ञापन पत्र बुइााएका छन ।
उक्त ज्ञापन पत्रमा १ नम्वर प्रदेशको प्रादेशिक राजधानी घोषणा गर्न सरकारलाई धेरै उदारणहरु उल्लेख गर्दै, यो ऐतिहासिक महानगरपालिका भित्र,ै ठुला ठुला सेमिनर गर्न सक्ने होट, प्रादेसिक प्रहरी कार्यलय, उच्च अदालत,लगाएत यहाँ बिराट राजाको दरवार,बिमान स्थल, बिश्वबिधालय, मेडिकल कलेजहरुरहेका र मन्त्रालयहरुका लागि सुबिधा युक्त सरकारी प्रसस्त भवनहरुरहेकाछन, भने औधोगिक नगरी बिराटनगर मजदुर आन्दोलनबाट परिचित शहरको पेरिफेरी भित्रबाट राष्ट हाँकने महान व्याक्तित्वहरु, देशका धेरै प्रधान मन्त्री जनमाउने यो बिराटनगर शहरलाई राजधानी बनाउनै पर्ने जस्ता धेरै मागहरु ज्ञापन पत्रमा प्रदेश सभा सदस्य ज्यु हरुले उल्लेख गर्नु भएकोछ ।
जिल्ला प्रशासन कार्यलय मोरङमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य केदार कार्कीले ज्ञापन पत्र पढेर सुनाई तीनै जनाले दस्तखत गरि प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य मार्फत प्रधान मन्त्रीलाई ज्ञापन पत्र बुइााएका थिए ।
बिराटगरलाइ राजधानी घोषणा हुने बितिकै सबै मन्त्रलय मन्त्री आवासको लागि टोलिले अनुगम गरिसकेको कुरा पनि प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्यले सबैलाई जानकारी गराउनु हुँदै कार्यलय खुले पछि ज्ञापनपत्र प्रधानमन्त्री कार्यलय काठमाडौ पठाउने बताउनु भएको छ ।
Post a Comment