Websoft University

खेलकुद उत्सव उदघाटन


रबिन्द्र बराल रंगेली,माेरङपुस १ शनिबार ।
रातो तारा डट कम,प्यापसन माेरङ क्षेत्र नम्बर ९ काे अायाेजनामा माेरङकाे रंगेलीमा २ दिने स्पाेट मिट शुरु भएको छ ।

बिधार्थिहरुकाे चाैतर्फि बिकाश का लागि हरेक बर्ष गर्दे अाएकाे खेलकुद उत्सव अन्तर्गत क्षेत्रगत रुपमा अायाेजना गरिएको प्यापसन माेरङ का अध्यक्ष सुनिल पाैडेलले बताए ।
रंगेली काे जनता क्याम्प काे खेल मैदानमा अायाेजना गरिएको छ। उक्त कार्यक्रमकाे प्रमुख अतिथि प्यापसन केन्द्रीय सल्लाहकार टिकाराम पुरीले खेलकाे उद्घटन गरेका थिए।

कार्यक्रममा विशिष्ट अतिथि रतुवामाई नगरपालिका मियर रविन राई,सुनवर्सि नगरपालिका का मियर काली प्रसाद दास,ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक संन्जिव बाबू खड्का , जनता क्यापस का प्रमुख लाेचन खतिवडा,लगायत हरुकाे उपस्थित रहेको थियोे । कार्यक्रममा माउन्ट मकालु बाेडिङ स्कुलकाे भक्त राज सुब्बा ले स्वागत मन्तव्य गर्नु भएको थियाे ।

माेति ढकाल सभापतित्वमा कार्यक्रम सम्पन भएको थियाे । खेलकुद मा लङ जम्प,१ सय मिटर र २ सय मिटर दाैड , रिले, म्याराथन, सुट पुट,ज्यावलिङ,क्रिकेट का खेल हरु रहेका
छन । साे खेलमा १४ अाेटा बिधालय काे सहभागीता रहेको बिकर्ण कार्की ले वताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.