काठमाण्डौ पुस ४ गते । रातो तारा डट कम,
पछिल्लो समय म्युजिक भिडियोबाट कलाक्षेत्रमा थुपै्र युवा युवती भित्रिएका छन् । तीमध्येकी एक हुन् सम्झना श्रेष्ठ । सम्झना म्युजिक भिडियो मोडलिङमा हाल आएर निकै सक्रिय रहेकी छन ।
”दशै आयो तिहार आयो ”सानैदेखिको अभिनय मोहले कलाकारिता रोजेको बताउने उनी अहिले चलचित्र अभिनयमा फड्को मार्ने तरखरमा छिन् । उनको अभिनय रहने उनको दोश्रो उनि अभिनित भिडियो ‘के रहेछ माया ’ अहिले छायाङ्कन भखरै सकिएको छ । गोरखाको महसेल सपुङगे स्थायी घर भएकी सम्झना कलाकारिता क्षेत्रमा केही गर्छु भनेर लागी परेकी छन । उनै सम्झना सगँ सहकर्मि साथी रोशन पोखरेलले गर्नुभएको कुराकानिको संक्षिप्त अशं
कलाकारितातिर कसरी रुचि पलायो ?
–कलाकारितामा मेरो सानैदेखि रुचि थियो । आफूमा रहेको प्रतिभा सबैमाझ देखाउनुपर्छ । कलाकारिता मार्फत आफ्नो र देशको नाम विदेशमा पुर्याउन सकिन्छ भनेर रोजेकी हुँ । साथै मेरो सानै उमेर देखीको कलाकारिता प्रति रुचि थियो , डान्स लगायतका कार्यक्रममा सहभागिता मेरो स्कुल अवस्था देखी नै थियो ।
मेकअपतिर कतिको रुचि छ नि ?
– मेकअफ गर्नु भनेको सुन्दर बन्नु हो । सुन्दर देखिन कसलाई मन पर्दैन होला र ? हल्काफुल्का मेकअफ मैले पनि गर्ने गरेकी छु । कार्यक्रम वा म्युजिक भिडियोको सुटुङमा जानुपर्दा भने आधा घन्टा मेकअपमा लाग्ने गरेको छ ।
फिटनेस गर्ने गर्नुभएको छ ?
– त्यस्तो फिटनेस केही गर्ने गरेकी छैन । म बिहान नियमित मर्निङवाक गर्छु । खानपिनमा ध्यान पुर्याउँछु । यसले नै मलाई फिट रहन मद्दत गरेको छ ।
कस्तो फेसन मनपर्छ ?
– प्रायः सबै प्रकारको पहिरन लगाउने गरेकी छु । तीमध्ये पनि विशेष मनपर्ने भनेको वान पिस, स्कट, कुर्ता हुन् । सारी पनि मनपर्छ । पहिरनमा रातो मेरो फेबरेट रङ हो । प्राय घर बस्दा खेरी सामान्य पहिरनमा नै सजिएर बस्छु ।
कस्तो पुरुष आकर्षक लाग्छ ?
–शारीरिक सौन्दर्य त हुनुपर्छ नै । यसको अलवा महिलालाई आदर गर्ने, शङ्खा नगर्ने, मिलनसार स्वभावको पुरुष मनपर्छ। जसले नारीको सम्मान गर्ने पुरुष कस्लाई पो मन नपर्ला र ?
आफ्नै शरीरको कुन अङ्ग मनपर्छ र किन ?
– आँखा मनपर्छ । मेरो आँखा निकै आकर्षक छ रे नि । धेरैले यसै भन्नुहुन्छ । सायद आखाँको हेराई सबैको म प्रति राम्रो लागेर पो हो की ?
कलाकारितामा केही सपना छन् कि ?
–हिट हिरोइन भएर चर्चा कमाएको सपना देखेकी छु । यो पूरा गर्नु छ ।जसका लागि निरन्तर रुपमा म्युजिक भिडियोहरु तथा स्टेज कार्यक्रम गर्ने सोचमा रहेको छु
प्रेम परेको छ कि छैन ?
–अहिलेसम्म छैन । त्यसो त अफर नआएको भने होइन । मलाई आएका प्रेम प्रस्तावका रमाइला रमाइला कुराहरु छन् । ती व्यक्तिहरूको अहिले म नाम लिन सक्दिनँ । तर मलाई आफ्नै अफिसमा बोलाएर केट काटेर जन्मदिन सेलिब्रेट गरेझैँ गरेर प्रेमको अफर धेरैले गरेका छन् । तर हाल सम्म मैले तपाईले सोचे जस्तो पुरुष साथीप्रतिको ठिप लभमा छैन ।
रोजाइको सवारी साधन ?
– स्कुटी । यो सवारी छिटो र सजिलो पनि लाग्छ । धेरैले सजिलै प्रयोग गर्न सक्ने भएर पनि होला ।
डेटिङ प्लेस कस्तो हुनपर्छ ?
–प्राकृतिक सौन्दर्यले भरिपूर्ण । शान्त ठाउँ नै डेटका लागि उपयुक्त हो जस्तो मलाई लाग्छ । अहिलेसम्म कसैसँग डेट गएकी छैन । त्यसैले योभन्दा बढी जान्दिनँ । डेट लैजाने पुरुष पनि भटेकी छैन । उनकै खोजी छ भनौँ न ।
हाम्रो अनलाइनलाई आफनो महत्वपुर्ण समय दिनुभएकोमा धन्यवाद ।
धन्यवाद रोशन जी तपाईले मलाई तपाईको लोकप्रिय अनलाइन मार्फत आफना मनका तिता मिठा कुरा भन्ने अवसर प्रद्धान गर्नुभएको मा , साथै आगामी दिनमा तपाईहरुको अनलाइनले नेपाली कलाकारिता क्षेत्रको विकाशमा अझ सशक्त्त बन्न सकोस शुभकामना ।
Post a Comment