Websoft University

एक—रात नाटक पुस १४ र १५ गते बिराटनगरमा प्रदर्शन हुने


बिराटनगर, पुस ४ गते । रातो तारा डट कम,बीपी कोइरालाको कृतिमा आधारित नाटक एक–रात बिराटनगरको हाट खोलाको गुरुकेलमा पुस १४ र १५ गते दिनको १–५ हुने भएको कुरा आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको थियो ।

कलाकार ईन्द्र परियार द्घरा निर्देशित यो एक रात नाटकबाट उठेको रकम मोरङ कलाकार कल्याण कोषको नाममा राख्ने कोषका अध्यक्ष निरज व्ल्यक गौतमले कार्यक्रमा जानकारी गराइएको थियो ।

त्यसैगरी नेपाल पत्रकार महासंघका सभापति बन्धु पोखरेलले आफना भनाइहरु राख्दै,
कलाकार पात्रकार साहित्यकार जस्ताकुरा चै इन्धन हुनजेलमात्र दौडने रहेछन,सक्ती सकिए पछि कार सबै बेकार हुदारहेछन भन्नु भयो । कलाकारहरुले बेलैमा यो सोच ल्याएकोमा सफताको शुभकामना भन्नु भयो ।

थारु फिलिमका र्निमाता कनु लाल चौधरी,गाएक कार तथा ईन्देणी कलापरिषदका अध्यक्ष, रामा मण्ड, कलाकार बिदुर ठुँगेल, हास्य कलाकार संगिता यादव,फिलिमका नायक पुष्प श्रेष्ठ, लगाएतका कलाकारहरुले कलाकारहरुको हितमा काम हुने यो कार्य सफल्तापूर्वक सफल होस भन्दै शुभ कामना व्याक्त गर्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.