Websoft University

तुलसा मदर एण्ड चाइल्ड अस्पताल आज देखि सञ्चालनमा आयो


विराटनगर, मंसिर, २९ गते । रातो तारा डट कम,विराटनगरमा आजदेखि तुलसा मदर एण्ड चाइल्ड अस्पताल एक कार्यक्रमका बीच भव्यताका साथ उदघाटन गरेर बिधिवत रुपमै सञ्चालनमा ल्याएकोछ । विराटनगर–९ मा रहेको न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिले करिव सात करोडको लागतमा सो अस्पताल सञ्चालनमा ल्याएको जनाएको छ ।
तुलसा मदर एण्ड चाइल्ड अस्पतालको उदघाटन सत्रमा बोल्दै  अस्पतालका प्रबन्ध निर्देशक डा. बीरेन्द्र बिष्टले भन्नु भयो- यो अस्पताल आजबाट सर्वसाधारणहरुको सेवामा खुल्ला भएकोछ र यसले लगातार रुपमा मातृशिशुको सेवामा रहनेछ भन्नु भयो ।


त्यसैगरी यो अस्पताल सन्चालन गर्न पहिला सपनामात्र भएको भए पनि अहिले सपनालाई सबैको सहयोगमा साकार पार्न सफल भएको भन्दै सहयोग गर्ने सबै क्षेत्रका महानुभावहरुलाई धन्यावाद छ भन्नु हुदै डा. बिष्टले म यही घरमा जन्मिएर यही आगनमा खेलेको ..... जस्ता कुरा सुनाउदै, यश कार्यक्रममा  सबै उपस्थित आम मानुभावहरुलाई स्वागत गर्दछु भन्नु भएको थियो ।

कार्यक्रममा बिभिन्न बिधाका व्याक्ति व्याक्तित्वहरुले अस्पतालका बारेमा आ-आफना धारणाहरु राखेका थिए ।

मातृशिशु स्वास्थ्यमा थप उपचार पु¥याउने उदेश्यले ५५ सैयाको सो अस्पताल संचालनमा आजैबाट ल्याएको र
तुलसा आफनै माताको नामभएकाले सोही नामबाट यो
अस्पताल सन्चालनमा कार्यकारी निर्देशक अविसा विष्टले बताउनु भयो ।

अस्पतालमा २४ घन्टा इमरजेन्सि सेवा, प्याथोलोजी, भ्यान्टिलेटर, अप्रेसन, नेवुलाइजेशन, डेलिभरी, टेस्टटयुव वेवीसेवा तथा खोप तथा मातृशिशुलगायतका सेवा सञ्चालनमा रहने कुराको जानकारी गराइयो ।

न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलको शाखाको रुपमा रहने गरी, तुलसा मदर एण्ड चाइल्ड अस्पताल संन्चालन गर्न १ वर्ष ९ महिना सम्म अहोरात्र खटेर यो सन्चालनमा ल्याउन सफल भएको कुरा सुनाउदै आफनो बेदना समेत इन्जिनियर राजेश भट्टराईले उदघाटन सत्रमा पोखेका थिए ।

विगत १७ वर्षदेखि विराटनगरमा न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले सेवा पु¥याउदै आएको
छ । पुर्वाञ्चलकै प्रमुख अस्पतालको रुपमा रहेको सो अस्पतालले वालवालिका तथा प्रसुतिका लागी थप सेवा पु¥याउन सेवा विस्तारगरी अस्पताल सञ्चालनमा ल्याएको
हो । लामो समयदेखि सञ्चालनमा आएको सो अस्पतालमा भारतको सिमावर्तिक्षेत्रवाट समेत विरामीहरु उपचारका लागी नेपालको यो अस्पतालमा आउने गरेका छन ।

चारवर्षको अवधिमा अस्पतालले चारहजार मस्तिककोे सफल शल्यकृया गरेको कुरा वरिष्ट डा एम बहादुर रोक्काले जानकारी गराएका थिए । चाइल्ड अस्पतालमा एकदर्जनभन्दा वढि चिकित्सकहरुले सेवा प्रदानगर्ने जनाइएको छ । कम खर्चमा लाभदायी सेवा पु¥याउने अस्पतालको लक्ष्य रहेको जनाइएको छ ।

कार्यक्रममा बिभिन्न सम्मानित व्यातित्वहरुलाई सम्मान समेत गरिएको थियो ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.