Websoft University

स्वागत तथां सम्मान कार्यक्रम सम्पन्न


बिराटनगर पुस १ गते । रातो तारा डट कम,
उद्योग संगठन मोरंङको आयोजनामा २०७४ मंसिर २९ गते, शुक्रवार प्रतिनिधि तथा प्रदेश सभाका नवनिर्वाचित माननीय सदस्यज्यूहरुको स्वागत तथां सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।

स्वागत तथा सम्मान कार्यक्रममा उद्योग संगठन मोरंङका अध्यक्ष मुकेश उपाध्यायले लामो संक्रमणकाल पश्चात् भएको निर्वाचनबाट आमजनताको उत्साहजनक सहभागिताले शान्ति र आर्थिक विकासको चाहनालाई प्रतिविम्वित गरेको बताउनु हुँदै आर्थिक विकास र समृद्ध देशको चाहनालाई अबको नेतृत्वले आत्मासात गर्दै लैजाने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पौराणिक, आर्थिक एवं औद्योगिक नगरि विराटनगरको राजश्व र रोजगारीको क्ष्ँेत्रमा विराटनगरको योगदानलाई आत्मासात गर्दे प्रदेश नं १ को राजधानी बनाउन नवनिर्वाचित माननीयहरु समक्ष अनुरोध गर्दै यस क्षेत्रको आर्थिक विकासलागि आवश्यक सुझाव प्रस्तुत गर्नु भयो ।   

संगठनका पूर्व अध्यक्ष सुशिल धनावतले प्रतिनिधि तथा प्रदेश सभा सदस्यहरुलाई आजैबाट आर्थिक क्रान्तिको घोषणा गर्न अनुरोध गर्दै आर्थिक विकासका सवालमा संगठन सदैव सल्लाह सुझाव प्रस्तुत गर्न तयार रहेको बताउनु हु“दै उहा“ले केवल नेपाल वाद भनेर अगाडि अनुरोध गर्नु भयो ।

मोरंग व्यापार संघका अध्यक्ष पवन सारडाले अबको सबै दलको एजेण्डा केवल आर्थिक विकासको हुनु पर्नेमा जोड दिदै मुलुक आर्थिक रुपले जर्जर भएकाले यसको विकासमा ध्यान पु¥याउने अनुरोध गर्नु  भयो ।

प्रतिनिधि सभा सदस्य लालवावु पंडितले उद्योगी÷ व्यवसायिहरुलाई आफ्नो उद्योग व्यवसायमा केन्द्रित हुन अनुरोध गर्नु हुँदै आफु सदैव उद्योग संचालनको वातावरण बनाउन तत्पर रहेको बताउनु भयो । उहाले संविधान र ऐन कानूनले दिएको मूल बाटोबाट अगाडी बढदै विराटनगरलाई प्रदेश नं. एकको राजधानी विराटनर बनाउन तर्फ लागि पर्ने बताउनु भयो ।

मोरंग प्रतिनिधि सभा सदस्य भानुभक्त ढकालले आफुले उम्मेदारी घोषणा पत्रमा लेखे अनुरुप समृद्धिको कार्य गर्दै लैजाने अबका पा“च वर्ष पछि नेपाल विकास र समृद्धिको कोशेढुंगा सावित हुने भन्दै उहा“ले जनतालाई भ्रमित पार्ने कार्य गर्न नहुने र राष्ट्र निर्माणको क्रममा आग्रह पूुर्वाग्रह नरहने बताउनु भयो ।

मोरंग प्रतिनिधि सभा सदस्य घनश्याम खतिवडाले आफूलाई निर्वाचित गराउने मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै सुखि जनता र समृद्ध राष्ट्र पहिलो प्राथमिकता रहेको बताउनु भयो । त्यसैगरि उहा“ले कृषिको व्यवसायिकरण, उद्योग व्यवसायको विकास गरि जनताको भावना अनुरुप कार्य गर्ने बताउनु
भयो ।

मोरंग प्रतिनिधि सभा सदस्य अमनलाल मोदीले औद्योगिक नगरि विराटनगरको विकास अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुनु पर्ने कुरा बताउनु हुँदै अबको एजेण्डा भनेकै आर्थिक समृद्धिको रहेको र अबको युग भनेको युवाहरुको  युग रहेको बताउनु भयो ।

मोरंग प्रतिनिधि सभा सदस्य डा. मिनेन्द्र रिजालले विराटनगरको रिङ्रोड, एयरपोर्ट लगायत पूर्वाधार विकासमा तुलनात्मक लाभका क्षेत्रको पहिचान गरि त्यस तर्फ अगाडी बढने बताउनु भयो ।

मोरंग प्रदेश सभा निर्वाचित जयराम यादवले प्रतिनिधि र प्रदेश सभाको निर्वाचन देश विकासको पहिलो खुडकिलो भएको बताउदै संगठनबाट प्रस्तुत सुझाव कार्यान्वयन गर्न आफ्नो पार्टिका तर्फबाट पहल गर्ने र कुनै दलगत भागवण्डा नलगाई विराटनगरलाई प्रदेश नं एकको राजधानी बनाउन एकजुट हुने बताउनु भयो

मोरंङ प्रदेश सभा निर्वाचित केदार कार्कीले आर्थिक विकासमा आफू सदैव सहयोग पु¥याउन तयार रहेको र उद्योगी÷व्यवसायिहरुलाई फरक ढंगबाट लगानी गर्न अनुरोध गर्नु भयो ।

मोरंग प्रदेश सभा सदस्य कुल प्रसाद साम्वा लिंम्वुले विराटनगर प्रदेश नं एकको राजधानी हुन्छ भन्ने कुराको विश्वास दिलाउ“दै उद्योगी व्यवसायिलाई पर्यटकिय क्षेत्रमा लगानी गर्न अनुरोध गर्नु भयो ।

मोरंग प्रदेश सभा सदस्य जीवन घिमिरेले प्रदेश नं. एकको समृद्धि लक्ष्य रहेको र कृषि, पर्यटन लगायतको क्षेत्रको विकासको लागि आफू सदैब कटिबद्ध रहेको बताउ“दै औद्योगिक नगरि विराटनगरको रुग्णताको अन्त्य गर्ने प्रतिबद्धता जाहेर गर्दै यस क्षेत्रको शिक्षा, स्वास्थ्यका क्षेत्रमा जीवन्तता प्रदान गर्ने वताउनु भयो ।

स्वागत तथा सम्मान कार्यक्रममा संगठनका पूर्व अध्यक्ष दिनेश गोल्छा, वरिष्ठ उपाध्यक्ष भीम घिमिरे, उपाध्यक्षहरु सुयश प्याकुरेल, प्रदिप मुरारका, राजकुमार गोल्छा, कार्यकारिणि समिति सदस्यहरु नवल कावरा, राकेश सुराना, नन्द किशोर राठी, सुवोध कोईराला, सुरेन्द्र गोल्छा, भोलेश्वर दुलाल, विभिन्न प्रहरी अतिरिक्त महानिरीक्ष्ँक पशुपति उपाध्याय, मोरंगका प्रमुख जिल्ला अधिकारी लगायत उद्योगी÷व्यवसायी, राजनीति दलका प्रतिनिधिहरु, समाजसेवी, प्राध्यापक, लगायतको उपस्थिति रहेको कुरा बिज्ञाप्तिमा उल्लेख गरेको थियो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.