Websoft University

दैनिक उपभोग्य वस्तुको मूल्य घटाइयो


खोटाङ, मंसिर २१ गते । रातो तारा डट कम, सिधा यातायात सञ्चालन भएसँगै उद्योग वाणिज्य संघ खोटाङले जिल्लामा दैनिक उपभोग्य वस्तुको मूल्य घटाएको छ ।
खोटाङ र ओखलढुंगाको सिमानामा रहेको दूधकोशी नदीमा पक्की पुल बनेलगत्तै सिधा यातायात जोडिएपछि जिल्लामा दैनिक उपभोग्य वस्तुको मूल्य घटाएको हो ।

निर्माण कार्य थालिएको नौ वषपछि जयरामघाटस्थित दूधकोशीमा पक्की पुल बनेपछि जिल्लामा खाना पकाउने ग्यास, चामल, दाल, चिउरा, चिनी, नुन, तेल, दाल, मसला, साबुनलगायतका दैनिक उपभोग्य वस्तुको मूल्य घटाइएको उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । पुल सञ्चालनमा आएपछि २४ थरिका दैनिक उपभोग्य वस्तुको मूल्य प्रतिकिलो रु पाँचदेखि रु १० सम्म घटाइएको
 छ ।

मूल्य घटाइएसँगै जिल्लामा रु एक हजार ७५० मा खरिद बिक्री हुँदै आएको खाना पकाउने एलपी ग्यास अहिले रु एक हजार ५०० मा पाइने भएको छ । सिधा यातायात शुरु भएसँगै जिल्लामा दैनिक उपभोग्य वस्तुको मूल्य घटाइएपछि उपभोक्तालाई सहज भएको छ ।

संघले उल्लेखित उपभोग्य दैनिक वस्तुलाई सोभन्दा बढी मूल्यमा बिक्री वितरण नगर्न जिल्लाका व्यवसायीलाई सचेत गराएको छ । ठेकेदार कम्पनीको लापर्बाहीले सो पुल निर्माणमा ढिलाइ हुँदा छ वर्षसम्म दूधकोशीमा अस्थायी बेलिब्रिज राख्ने गरिएको थियो । बाढीले बगाएपछि विकल्पमा अस्थायी बेलिब्रिज राख्न थालिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.