Websoft University

भोजपुरको विकास र देशको संबृद्धिका लागि हामीलाई भोटः राई


अर्जुन जम्नेली-भोजपुर मंगसीर २ गते । रातो तारा डट कम,
दुर्गा राई पोलिटब्यूरो सदस्य नेकपा (माओवादी केन्द्र)
तथा प्रतिनिधिसभा सदस्यको समानुपातिक उमेद्वार-भोजपुर
दुर्गा राई भोजपुरको छिनाम्खुमा २०१९ सालमा जन्मेर विद्यार्थी कालदेखिनै सामाजिक तथा राजनीतिक रुपमा क्रियाशील रहदै आउनुभएको छ ।

राजनीतिक हिसावले मोहनविक्रम सिंह नेतृत्वको मशाल सम्बद्ध अखिल छौठौ मार्फत भोजपुर क्याम्पसको स्ववियुको कोषाध्यक्ष निर्वाचित भएर काम गर्नुभयो । मशालको जिल्ला सदस्य, अखिल छैठौको केन्द्रीय उपाध्यक्षसम्म हुनु भएका राई तत्कालीन एकिकृत माओवादीको विभाजनपछि बनेको नेकपा–माओवादीको केन्द्रीय सदस्य हुनुभयो ।

पार्टी सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय उपाध्यक्ष पार्टी एकतापछि सम्मेलन आयोजक समितिको संयोजक हुनै पार्टी एकतापछि गठन भएको नेकपा (माओवादी केन्द्र)को पोलिटब्यूरो सदस्य हुन् । पार्टी सम्बद्ध राष्ट्रिय आदिवासी जनजाति महासंघको केन्द्रीय सचिव (संगठन विभाग प्रमुख) समेत रहेका रहनु भएको छ । यही मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट भोजपुर जिल्लाबाट समानुपातिकतर्फ प्रतिनिधिसभाका सदस्यको उमेद्वार भएर भोट माग्न ब्यस्त हुनुहुन्छ ।

किरात राई समुदायको साझा संस्था किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष भएर काम गरिससक्नु भएका राईस“ग निर्वाचनको सन्दर्भमा भएको कुराकानीको सारसंक्षेप प्रस्तुत छ ।

चुनावी अभियान कस्तो भइरहेको छ ?
एकदम ब्यापक रुपमा चलिरहेको छ । जनताको हजारौ उपस्थितिमा जनसभाहरु भइरहेको छ । विषेशत प्रचारप्रचारमै छौ ।

के के गरिरहनु भएको छ ?
माओवादी केन्द्र र एमालेवीच तालमेल भएकोले पहिलो चरणमा संयुक्त बैठक, संयुक्त भेला र प्रशिक्षण, त्यसपछि चुनावी गाउँसभा, टोलसभा, आमसभाको अन्तिम चरणमा
छौ । प्रचारप्रशार भइरहेको छ । अब घरदैलो कार्यक्रमको तयारीमा छौं ।

माहोल कस्तो छ ?
बाम तालमेलको पक्षमा माहोल तातिएको छ । तालमेलदेखि एकतासम्मको चर्चाले जनतामा झनै उद्साह थपिएको छ । हामी जहाँ—जहाँ पुग्छौ दुवै पार्टीका नेता तथा उमेद्वारहरुलाई जनताको स्वागत हेर्दा बाम गठबन्धनको विजय निश्चित देखिन्छ ।

भोजपुरमा किन तपाई वा माओवादीलाई भोट किन दिने ?
म भोजपुरमै जन्मे हुर्कैको मान्छे । भोजपुरकै सेवामा समर्पित छु । यहाँका जनताको सुख दुःख बुझेको छु । घाँसदाउरा, कुटो केदालो र घोठाला खेतालाको बारेमा बुझेको छु । यहाँको सडक, विद्युत, खानेपानी, पर्यटन उद्योगको विकास, बेरोजगार युवाहरुको व्यवस्थापान, गुणस्तरीय शिक्षा, आधुनिक कृषि, निशूल्क उपचारको ब्यावस्था, बृद्धबृद्धाहरुको लागि आकर्षक पेन्सन वितरण गर्ने नीति निर्माणमा लाग्ने, संबृद्ध नेपाल निर्माणको साथै भोजपुर बिकासको लागि मेरो जोड रहनेछ ।

यही प्रतिबद्धाता कार्यान्वय गर्न प्रतिनिधिसभाको समानुपातिकतर्फ माओवादी केन्द्रको चुनाव चिन्ह गोलोघेरा भित्रको हँसियाहथौडामा भोट दिन आग्रह गर्दछु ।
तपाईको मुख्य मुख्य एजेण्डाहरु के के छन ?
नेपाली समाजको साँस्कृतिक रुपान्तरण, आर्थिक संबृद्धि, संविधानद्वारा घोषित समानुपातिक÷समाबेशीता, धर्मनिरक्षेता कार्यान्वयनमा जोड रहनेछ । यसको अलवा अघि भने झैं भोजपुरको समग्र विकास निर्माण नै मेरो एजेण्डाहरु हुन । गठबन्धनले प्रस्तुत गरेका एजेण्डाहरु स्वतह हुने नै भए ।

वाम तालमेलको बारे तपाईको धारणा के छ ?
दुईवटा कारणले तालमेल आवश्यक थियो । स्थायी सरकार, नेपालको संबृद्धि र साँस्कृतिक रुपान्तरणको लागि तालमेल वा एकता जरुरी छ । दुईवटा पार्टी मात्र नभएर सम्पूर्ण कम्युनिष्टहरुको केन्द्रको रुपमा स्थापित हुन जरुरी छ ।
पार्टी एकता होला ?

हुन्छ । देशको आवश्यकता हो । हुनुपर्छ । व्यक्तिगत कुराहरुलाई छाडेर भएपनि एकता जरुरी छ ।
विचार त फरक फरह छ नि ?
त्यहाँ गएर बहस गर्ने हो । पहिचानको आधारमा प्रदेशहरुको नामाकरण गर्ने सवालमा वा संविधानमा उल्लेख भएका समानुपातिक÷समावेशीता, धर्म निरपेक्षताको कार्यान्वयको सन्दर्भमा त्यहाँ भित्र बृहत बहस छलफल हुनेछ ।

पार्टीको पोलिटब्यूरो सदस्य हुनुहुन्छ ? किन प्रत्यक्षमा उठ्नु भएन ?
प्रत्यक्षमा उठ्ने प्रयास गरियो । पार्टीले समानुपातिकमा उठाउने निर्णय ग¥यो । यो मेरो मात्र समस्य नभएर आम महिलाहरुको समस्या हो । सबै पार्टीमा महिलाहरुले गर्न सक्दैन, कमजोरहुन्छ भन्ने मानसिकता अझैपनि छदैछ । हामी महिलाहरु हरेक क्षेत्रमा कम्तिमा ५० प्रतिशत सहभागिता चाहन्छौ । ३३ प्रतिशत सहभागिता गर्ने मान्यता कायम भएपनि टिकट वितरणमा हरेक पार्टीभित्र फेरि पुरुषवाद हाबी भएको छ । यही कारण मलाई पनि समानुपातिकतर्फ उठाइएको हो । कम्तिमा ५० प्रतिशत हरेक क्षेत्रमा सहभागिता गराउनको लागि हामी महिलाहरु आन्दोलित भइरहनु पर्ने आवश्यकता भएको छ ।

बम विष्फोटहरु भइरहेका छन् । उमेद्वारहरुलाई सुरक्षा थ्रेट आइरहेको भन्ने छ ? तपाईलाई गाउँमा हिड्नु कस्तो छ ?
कार्तिक २८ गते ट्याम्केमैयुङको गोगनेको आमसभालाई सम्बोधन गर्न जाने क्रममा हामी अघिअघि, भोजपुर (ख) क्षेत्रका बाम गठबन्धनका प्रदेशसभाका साझा उमेद्वार शेरधन राई चढ्नु भएको गाडि पछिपछि जादैथियौं ।

 पिखुवाखोला पारीको आहालेको उकालो(गुम्बा नजिकै)हामी चढेको गाडि क्रस भएपछि शेरधन राई चढेको गाडिमा बम विष्फोट भयो । त्यस बाहेक अर्को घट्ना भएको छैन । चुनाव भाड्ने प्रयास कसैले नगर्न र समस्याहरुभए बारेमा वार्ता र सम्बादको माध्यमबाट समाधान गर्न सवै पक्षलाई आग्रह
गर्दछु ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.