Websoft University

३० वर्ष नेपालमा कम्युनिस्टको शासन हेर्न र पालो पर्खन कांग्रेसलाई प्रचण्डको आग्रह

काठमाडौं, मंगसीर २ गते । रातो तारा डट कम,नेकपा
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले कांग्रेसलाई ३० वर्ष नेपालमा कम्युनिस्टको शासन हेर्न र पालो पर्खन आग्रह गरेका छन्। विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेको स्वागतका लागि शुक्रबार पार्टी कार्यालय पेरिसडाडाँमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले कांग्रेसलाई यस्तो सुझाव दिएका हुन्।

‘नेपाली कांग्रेसले नेपालमा ३०-४० वर्ष शासन गर्‍यो। अब कम्युनिस्टले ३०(४० वर्ष शासन गर्छ। अनि हेर्नुहोला कति फरक हुन्छ नेपाल’, प्रचण्डले भने।

देशैभरि चुनावी अभियानमा जाँदा अब स्थीर सरकार बन्ने भयो नेपाल समृद्धिको बाटोमा जान्छ भनी कांग्रेस, राप्रपा लगायतका पार्टीका व्यक्तिले पनि खुसी व्यक्त गरेको प्रचण्डको दाबी छ। देशमा संविधान बनेर कार्यान्वयनमा जाँदा पनि देश स्थिरतातर्फ जाने नदेखेपछि वाम गठबन्धन निर्माणमा अग्रसर भएको उनको भनाइ छ।

अब बिपी र गिरिजाको लाइनमा नगए कांग्रेसमा संकट उत्पन्न हुन्छ भन्ने कुरा कांग्रेसका नेताले बोध गरेको भन्दै वाम गठबन्धनले कांग्रेसलाई सचेत हुन भूमकिा खेलेको बताए।

पार्टी प्रवेश कार्यक्रममा नयाँ शक्तिबाट केन्द्रीय सचिवालय सदस्य प्रकाश विकल्पको नेतृत्वमा ५३८, विप्लव नेतृत्वको नेकपाबाट देवकी खरेलका नेतृत्वमा १३३ नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरे। सोही कार्याक्रममा नेपाली कांग्रेस निकट रहेका संगीतकार शान्ताराम राई पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

नेपाली कांग्रेस, राप्रपासहित विभिन्न साना पार्टीहरुबाट एक हजारभन्दा बढीको संख्यामा नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.