उर्लाबारी, कार्तिक २५ गते । रातो तारा डट कम,
मोरङ क्षेत्र नं. १ का वाम गठबन्धन उम्मेदवारहरु भेटघाट तथा चुनाबी एकता भेलामा सक्रिय भएका छन् ।
शनिबार आधा दर्जन बढी चुनाबी भेलाहरुमा उम्मेद्वारहरु पुगेका छन् । मोरङ क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्य उम्मेद्वार कुलप्रसाद साम्बा ( कुशल लिम्बू) आधा दर्जन कार्यक्रममा सम्बोधन गर्दै वाम गठबन्धनलाई जिताउन अपिल गरेकाछन् ।
मिक्लाजुङ वडा नं. ६ मा एमाले र माओबादीको संयुक्त वडा एकता भेलामा प्रमुख अतिथि बनेका कुशलले परिर्वतनकारी शक्ति वाम गठबन्धनलाई अमूल्य मत दिएर विजयी गराउन आग्रह गरेका छन् । गाउँको विकास निर्माण र दिगो सरकारका लागि पनि एक पटक वाम गठबन्धनलाई जिताउनु पर्ने उनको तर्क छ । कार्यक्रम चुनाव परिचालन वडा समितिका संयोजक थिरबहादुर मगरको सभापतित्वमा भएको उक्त कार्यक्रममा माओबादी केन्द्रकी समानुपातिक उम्मेद्वार ममता ताजपुरिया, एमालेका जिल्ला सदस्य नरेन्द्र ढुंगेललगायतले बोलेका थिए ।
त्यस्तै, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल शिक्षक संगठनको मोरङ क्षेत्र नं. १ प्रदेश सभा (क) अन्तरगको भेलामा मोरङ क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य उम्मेद्वार घनश्याम खतिवडा र (क) प्रदेश सभा सदस्य उम्मेद्वार कुशल लिम्बूले सम्बोधन गरेका छन् । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य उम्मेद्वार घनश्याम खतिवडाले वाम गठबन्धनलाई यस पटकको निर्वाचनमा विजयी गराउन अपिल गरेका छन् । जनताको अधिकार स्थापित गराउन अब वामपन्थीहरुले लिने बताउँदै उनले भने–‘ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याएर मुलुकलाई निकास दिन्छ ।’
उनले भने–‘अहिले कम्युनिस्टहरूबीच वाम गठबन्धन भएको देखेर अधिनायकवाद आयो भन्नेहरू नै मुलुकमा अधिनायकवादी शैली अपनाउँदैछन् ।’ एमाले नेता खतिवडाले यस क्षेत्रको सडक, विद्युत, शिक्षा, कृषि क्षेत्रको विकास गर्नेमा आफू प्रतिवद्ध रहेको बताएका छन । यस्तै, प्रदेश सभा सदस्य उम्मेद्वार कुशलले भने –‘पुसमा कम्युनिष्ट सरकार बन्ने पक्का छ । अब देश समाजवादको दिशामा जान्छ ।’
उनले बामपन्थीहरुकै कारण नयाँ संविधान बनेको बताउँदै परिवर्तन, विकास र आर्थिक समृद्धिको लागि बामपन्थीलाई जिताउनुको विकल्प नभएको बताए । जनताबीच अहिले परिवर्तन, विकास र समृद्धि रोज्ने कि यथास्थिति रोज्ने, यी दुईवटा विकल्प रहेको बताउँदै बामपन्थी गठबन्धनका साझा उम्मेदवार कुशलले बाम गठबन्धनलाई मतदान गरी विजयी गराउन अपिल गरेका छन् । त्यस्तै, उम्मेद्वार घनश्याम र कुशलले उर्लाबारी–३ का जेष्ठ नागरिकहरुसँग भेटघाट गरेका छन् । उनीहरुले देशमा स्थायी सरकार र समृद्ध नेपाल बनाउन पनि एक पटक वामपन्थीहरुलाई दुई तिहाई बहुमत दिनु पर्ने तर्फ राखेका छन् ।
त्यस्तै, उम्मेद्वार घनश्याम र कुशलले एमाले र माओबादी उर्लाबारी वडा नं. ४ को संयुक्त वडा भेलामा पनि सम्बोधन गरेका छन् । त्यस्तै प्रदेश सभा सदस्य उम्मेद्वार कुशलले एमाले र माओबादीको संयुक्त नगरस्तरीय भेलामा पनि सम्बोधन गरेका छन् । उनले अब पनि एमाले र माओबादी भनेर भोट नहाल्ने हो भने ५० बर्षसम्म वामपन्थीहरु शोषणमा पर्ने खतरा रहेको बताएका छन् ।
Post a Comment