Websoft University

एमाले अध्यक्ष केपी ओलीले भने : ‘बम पड्काउनेको खोजी किन भएन ?’



विराटनगर, मंसिर २ गते । रातो तारा डट कम, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बम पड्काउनेहरु लोकतन्त्र र लोकतान्त्रिक प्रणाली विरोधी रहेको
बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग कुरा गर्दै ओलीले बम पड्काउने र शान्ति सुरक्षामा अवरोध गर्नेहरुलाई सरकारले किन प्रभावकारी ढंगले नियन्त्रण नगरेको भन्दै प्रश्न गर्नुभयो ।

यसअघि पनि सरकारले निर्वाचन नगर्ने मनसायले विभिन्न गतिविधि गरेको भन्दै ओलीले अहिलेको श्रृंखलाबद्ध बम विष्फोट हुनुमा शंका रहेको भएपनि प्रमाणित भने गर्न नसकिने बताउनु भयो ।

प्रधानमन्त्री देउवालाई शान्ति सुरक्षा कायम गर्न नसकेकोप्रति
ओलीले असक्षमताको आरोप लगाउनु भयो ।

 ‘उहाँलाई असक्षम,अक्षम जस्ता आरोप त पहिलेकै ट्याग हो नि,’ ओलीले भन्नुभयो,‘काम चलाउ सरकारमा गृहमन्त्री पनि नभएको र प्रधानमन्त्रीको पनि राजिनामा माग्ने कुरा भएन, फेरि चुनाव भाँडिन्छ ।’

सरकारले विगतमा भएका विभिन्न राष्ट्रिय महत्वका आयोजनाको सम्झौता खारेज गर्ने जस्ता काम गर्नु अलोकतान्त्रिक भएको बताउँदै ओलीले सरकारका मन्त्रीहरु पनि आफ्ना सीमा र लोकतान्त्रिक मान्यता विपरीतका गतिविधिमा लागिरहेको बताउनु भयो ।

कम्युनिष्ट शासन आए जनताले विहे पनि गर्न नपाउने
प्रधानमन्त्रीको भनाईप्रति व्यंग्य गर्दै ओलीले आफू
प्रधानमन्त्री हुँदा कसैको विहे नरोकिएको बताउनु भयो ।
‘प्रधानमन्त्रीले यति सारो सिद्धान्त, विचार, नीति केही नभएर

अनावश्यक कुरा गरेर दिग्भ्रमित पार्न खोजेर हुन्छ,’ ओलीले
भन्नुभयो, ‘पराजयको त्रास र हतासाको अभिव्यक्तिप्रति म
टिप्पणी गर्दिन, म प्रधानमन्त्री हुँदा कसैको विहे रोकिएको
थिएन ।’

सरकारले कार्यकर्तालाई करोडौं रुपैयाँ बाँडेको विषयमा
ओलीले त्यस्ता घटनाको छानविन हुनुपर्ने बताउनु भयो । ओलीले सरकारले गरेका यसखालका क्रियाकलाप रोक्न निर्वाचन आयोगले प्रभावकारी काम गर्न नसकेको घुमाउरो जवाफ दिनुभयो ।

‘निर्वाचन आयोगले सरकारको मनपरी रोक्न कत्तिको प्रभावकारी काम गरिरहेकोे छ भन्ने विषयमा तपाईहरुलाई पनि थाहा होला,’ओलीले भन्नुभयो ।

बामपन्थीहरुको बहुमत आएपछि लोकतान्त्रिक प्रणाली, कानूनी राज्य, पारदर्शीता, भ्रष्टाचार नियन्त्रण, विकास निर्माण, विकासका प्रतिफल जनतालाई दिने र समाजवाद उन्मुख नीति लिइने ओलीले बताउनु भयो ।

पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका ओली आफ्नो
गृहजिल्ला झापाको दमकमा आज हुन लागेको संयुक्त जनसभामा सहभागी हुन आउनु भएको हो । सभालाई ओली र माओवादी अध्यक्ष प्रचण्डले संयुक्त सम्बोधन कार्यक्रम छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.