Websoft University

कल्याणकारीको अभिभावक शिक्षा कार्यक्रम सम्पन्न


युवराज ठकुरी/सिंहदेवी,मोरङ,कार्तिक २७ गते ।
रातो तारा डट कम,उत्तरी मोरङ केराबारी गाउँपालिका-२,सिंहदेवीमा अवस्थित कल्याणकारी आधारभूत विद्यालयले कात्तिक-२६गते आइतबार अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ।
   
  अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु ,सल्लाहकार समितिका पदाधिकारीहरु,विद्यालयका शिक्षकहरुको उपस्थितिमा प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि स्रोतव्यक्ती बिन्दुकुमार लाओतीको सहजीकरणमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।
      व्यवस्थापन समितिका अध्यक्ष दिलिपकुमार ठकुरीको सभापतित्व शिक्षक डब्लुबिक्रम खाण ठकुरीको सन्चालन र शिक्षक कृष्णबहादुर ठकुरीले स्वागत मन्तव्य तथा विद्यालयका प्रधानाध्यापक हेमबहादुर ठकुरीले कार्यक्रमको औचित्य माथी प्रष्ट पारेका थिए।
        बालबालिकाको पहिलो पाठशाला घर, शिक्षक बाबुआमा भएकाले बालबालिकाको प्रगतिका लागि अभिभावकहरुको महत्वपूर्ण भुमिका हुने कुरामा सहजकर्ता तथा प्रमुख अतिथी बिन्दुकुमार लाओतीले जोड दिएका थिए।
बालबालिकाहरुलाई कुटेर ,गाली गरेर सजाय दिएर सही बाटोमा ल्याउछु भन्नु भ्रम मात्रै हुने हुँदा बालबालिकाको मनोबैज्ञानिक पक्ष केलाएर सजाय विकल्प खोजेर सुधारमा ल्याउन जोड गर्नुपर्ने प्रमुख अतिथि लाओतीले बताए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.