Websoft University

सुरक्षित बस्ती विकासमा जोड

(फाएल फोटो)

ललितपुर, कात्तिक ८ गते । रातो तारा डट कम,
राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछिको भौतिक पुनःनिर्माण गर्दा भूकम्प प्रतिरोधात्मक सुरक्षित बस्ती विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।

आजदेखि शुरु भएको ज्यापू सङ्ग्रहालय महोत्सवका अवसरमा ज्यापू समाजद्वारा निर्मित ज्यापू सङ्ग्रहालयको उद्घाटन गर्दै उहाँले परम्परागत शैली झल्कने किसिमको भौतिक निर्माण गर्न आग्रह गर्नुभयो । उहाँले कलानगरी पाटनमा बन्ने हरेक भौतिक निर्माण आफ्नै मौलिक झल्कने हुनुपर्नेमा जोड दिँदै निर्माणमा आफ्नै सीप, स्रोत र साधन प्रयोग गरिनुपर्ने बताउनुभयो ।

सो अवसरमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले ज्यापू समाजद्वारा स्थापित संग्रहालय वाग्मती सभ्यताको प्रतीक रहेको बताउँदै देश विकासका लागि ऐतिहासिक र सांस्कृतिक वस्तुको जगेर्ना र संरक्षण अनिवार्य छ भन्नुभयो ।
रक्षामन्त्री भीमसेनदास प्रधानले काठमाडाँैं उपत्यकाको आदिवासी रैथाने ज्यापू समुदायले स्थापना गरेको संग्रहालयले ज्यापू समुदायको पहिचानलाई संरक्षण गर्ने विश्वास व्यक्त गर्नुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भूकम्पपछिको पुनःनिर्माण गर्दा ऐतिहासिकतालाई ख्याल गर्नुपर्ने बताउनुभयो ।

समाजका अध्यक्ष प्रेम महर्जनले ज्यापू समुदायको भाषा, धर्म र संस्कृति जोगाउने उद्देश्यले संग्रहालयको स्थापना गरिएको बताउनुभयो । महोत्सव तीन दिनसम्म चल्ने छ । सो अवसरमा वाङ्मय शताब्दी पुरुष जोशीलाई उहाँकै अर्धकदको शालिक हस्तान्तरण गरिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.