Websoft University

कञ्चनपुरमा ४२ वटा पुल बन्दै


भीमदत्तनगर, कात्तिक ८ गते । रातो तसरा डट कम,
 पछिल्लो समय कञ्चनपुरमा भौतिक पूर्वाधार पुल, सडकलगायतका निर्माणले विगतका वर्षभन्दा तेब्बरले गति लिएको छ ।

गत आर्थिक वर्षमा कञ्चनपुरमा सबैभन्दा बढी पक्की सडक र पुल निर्माणका लागि ठेक्का प्रक्रिया भई काम शुरु भएका छन् । डिभिजन सडक कार्यालय कञ्चनपुरका अनुसार गत आवमा मात्रै कञ्चनपुरमा ४२ वटा पुल निर्माणको ठेक्का भएको छ ।

“अघिल्ला वर्षमा यहाँ बढीमा छवटा पुल वर्षमा बनेको रेकर्ड छ ।” डिभिजन सडक कार्यालय कञ्चनपुरका इञ्जिनियर खगेन्द्रबहादुर शाहीले भन्नुभयो– “कञ्चनपुरले विभागीय मन्त्री पाएकाले पनि गत वर्ष यहाँ धेरै नदी, खोला नालामा पुलका लागि पैसा परेको हो ।” उहाँका अनुसार कैलालीमा पनि २१ वटा पुल बन्दैछन् । तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकको पालामा उक्त बजेट विनियोजन गरिएको हो ।

कञ्चनपुरको दोधारा चाँदनीस्थित बाबाथान जोड्ने मलेरिया नाला, सोही क्षेत्रको मैनाल नाला, भीमदत्तनगर–ब्रह्मदेव जोड्ने कामीकाटेँ खोला पुल, शुक्लाफाँटा नगरपालिकाको जाडेपानी खोला पुललगायत जिल्लाभर करिब १५ मिटरदेखि १६० मिटर लम्बाइ सम्मका पुल निर्माणको चरणमा छन् ।

अघिल्लो आवमा कञ्चनपुरमा ठेक्का भएका छवटा पुल निर्माण भइरहेको डिभिजन सडक कार्यालयले जनाएको छ । “कञ्चनपुरमा ठेक्का सम्झौता भएका पुलमध्ये सातवटा पुलको निर्माण शुरु भइसकेको छ,” इञ्जिनियर शाहीले रासससित भन्नुभयो– “अन्य ठेक्का सम्झौता भएका पुलको निर्माण अब तत्काल शुरु हुन्छ ।” पुल निर्माणका लागि डेढ वर्षदेखि तीन वर्षसम्म पुलको लम्बाइअनुसारको समयावधि दिइएको छ ।

त्यसैगरी, चालु आवमा पनि कञ्चनपुरमा नयाँ थप छवटा र कैलालीमा पाँच वटा पुल निर्माणको ठेक्का हुने डिभिजन सडक कार्यालयले जनाएको छ ।

“कैलालीमा पनि ठेक्का भएकामध्ये डेढ दर्जन पुल निर्माणाधीन अवस्थामा छन् ।” शाहीले भन्नुभयो । “महाकाली नदीको चार लेनको पुलबाहेक यतिधेरै पुल निर्माण यहाँ पहिलो पटक परेको हो ।” शाहीले भन्नुभयो– “अब सबै सम्झौता भएका पुलको काम तत्काल सुचारु हुन्छ ।” 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.