Websoft University

प्रदेश र संघिय निर्वाचन समवन्धि एक दिने गोष्ठी सम्पन्न


बिराटनगर, कार्तिक ७ गते । रातो तारा डट कम, कार्याक्रमका प्रमुख अतिथि मोरङ जिल्ला समन्वय समितिका अध्यक्ष नरेस पोखरेलले गोष्ठीमा उपस्थित महानुभावहरुलाई सम्बोधन गर्दै भन्नु भयो अव मंगसिर २१ गते हुन लागेको प्रदेश र संघिय निर्वाचन आफैमा ऐतिहासिक भएकाले सबैको सहयोगमा शान्तिपुर्ण तवरबाट सम्पन्न गर्नु पर्छ भन्नु भयो ।

मोरङ जिल्ला समन्वय समितिले यस क्षेत्रका छ वट्टै निर्वाचन क्षेत्रहरुको अनुगमन गर्ने छ र अनुगमनमा हिडदा पाटीको प्रचार सामाग्री र इाण्डा नबोक्ने बताउदै अरु सरकारी तथा स्थानिय निकायले सरकारी स्रोत साधानको दुरुपयोग नर्ग भन्नु भएकोछ ।

क्षेत्रिय निर्वाचन आयोग बिराटनगरका प्रमुख निर्वाचन अधिकृत प्रेम प्रसाद सन्जेलले उपस्थित सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधिहरु, कार्यलय प्रमुख हरु, निर्वाचन अधिकृतहरु, र पत्रकाररुलाई सम्बोधन गर्दै भन्नु भयो स्थानिय निकायको निर्वाचन जस्तै भए पनि केहि प्रधिक कुराहरु बढेकाछन ।

छ वट्टै क्षेत्रमा स्थान फुटाउन वा परिर्वतन प्राबिधिक कारणले नसकिने भएकाले बुधहरुको संख्य बढ्ने छन र प्रदेश संघिय,समानुपातिक गरी दुइ प्रकारका मत पत्र रहने भएकाले सबै पाटीका साथिहरुले राम्रो संग मतदानको कुरा प्रकृय आफना मतदाताहरुलाई बुइााइ दिन अनुरोध गर्नु भयो ।

गत निर्वाचनमा ल्यापचे लगाउनेको बारेमा धेरै बिवाद भएकाले त्यस तर्फ सचेत रहन सबै राजनीतिक दल प्रतिनिधिहरुलाई अनुरोध गर्नु भएकोछ ।

त्यसैगरी सबैलाई जानकारी लिन वा कुरा गर्न सजिलोका लागि प्रेम प्रसाद सन्जेलले निर्वाचनमा अपनाइने प्रकृय पदति बिधि भोट खसाउने तरिका, निर्वाचनलाई असर पर्र्ने चिन्ह उल्लेखित सामाग्री उत्पादन, प्रचार प्रसार गर्ने तरिका कानुन बिपरित हुने भएकाले गर्न नहुने र गरे सजायको भागेदार हुनु पर्ने बताउनु भएकोछ ।

निर्वाचन गर्ने तरिकाहरुका बारेमा जानकारी दिदै,सबैको सजिलोका लागि १ न प्रदेशको १. न क्षेत्रको लागि निर्वाचन अधिकृत श्री जीवन कुमार भण्डारी, इजलास अधिकृत
क्षेत्र न २. को लागि निर्वाचन अधिकृत श्री टंकबहादुर महत, कानुन अधिकृत क्षेत्र न ३. को लागि निर्वाचन अधिकृत श्री बिकास श्रेष्ठ, अनुसन्धान अधिकृत क्षेन ४. को लागि निर्वाचन अधिकृत श्री ईश्वमणी ओइाा इजलास अधिकृत क्षेत्र न ५. को लागि निर्वाचन अधिकृत श्री कृष्णमोहन कोइराला,उप न्याधिवक्ता क्षेत्र मन ६. को लागि निर्वाचन अधिकृत मुख्य निर्वाचन अधिकृत श्री राजकुमार खतिवडा माननीय जिल्ला न्याधिश,रहनु भएको कुरा समेत जानकारी गराउनु भएको छ ।

मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्यले यो एकै पटक हुने प्रदेश र संघिय निर्वाचनलाई सफल बनाउन जनपथ प्रहरी, सस्त्रप्रहरी,सेना र सुरक्षा निकाय,व्यावस्थित भइ सकेको र म्यादि प्रहरी भर्ति पनि सुरु भइसकेकाले सुरक्षा प्रबन्ध मिलिसकेको बताउनु भएकोछ ।

अहिले मोरङमा छ लाख ४४ हजार ७८२ मतदाताहरुले मतदान गर्न पाउने भएकाछन । यि मतदाताहरुले मतदान केन्द्रमा आएर राम्रो संग मतदान गर्न सक्ने खालको वातारण मिलाउन सबैले सहयोग गर्नु पर्छ भन्नु भयो ।

कार्याक्रममा राजनीतिक पाटी प्रतिनिधि पत्रकार समाज सेवी, निर्वाचन अधिकृतहरुले आफना धारणहरु राखेका थिए । यसरी राखिएका बिचार धारणाहरुको प्रेम सन्जेल, र प्रमुख निर्वाचन अधिकृत राजकुमार खतिवडाले सजिकरण गर्नु भएका थियो ।

कार्याक्रमको सभापतित्व मोरङ जिल्लाका प्रमुख जिल्ला न्याधिश तथा प्रमुख निर्वाचन अधिकृत राजकुमार खतिवडाले गर्नु भएको थियो ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.