बिराटनगर कार्तिक ८ गते । रातो तारा डट कम,
मंगलवार उद्योग संगठन, मोरंगको आयोजना तथा रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको प्राविधिक सहयोगमा मेघा मेटल क्राफ्टस प्रा. लि. र फुजिमा आयलका कामदार कर्मचारीहरुको निःशुल्क आँखा जाँच शिविर कार्य सम्पन्न भएको कुरा रातो तारा लाई प्रेश विज्ञप्ती मार्फत जानकारी गराइएको हो।
निःशुल्क आँखा शिविर कार्यक्रममा उद्योग संगठन, मोरंगका कार्यकारिणि समिति सदस्य एवं मेघा मेटल क्राफ्टसका संचालक सुबोध कोईरालाले उद्योग संगठन मोरंग उद्योगी-व्यवसायिहरुको समस्या समाधान गर्ने संस्था मात्र नभएर सामाजिक, शैक्षिक लगायतका क्षेत्रमा पनि सक्रिय रुपमा कार्य गर्ने संस्थाका रुपमा रहेको बताउनु हुँदै संगठनद्वारा आयोजित शिविरमा यस अघि पनि मेघा मेटलका कामदार कर्मचारीहरुको निःशुल्क आँखा जाँच गरि आँखा सम्बन्धि समस्या निर्मूल पारिएको बताउनु भयो । साथै उहा“ले उद्योगमा कार्यरत कामदार÷कर्मचारीहरुको स्वास्थ्यलाई दृष्टिगत गर्दै व्यवसायजन्य स्वास्थ्य सुरक्षामा बिशेष ध्यान दिई यस शिविरबाट फाईदा लिन सबैलाई आग्रह गर्नुभयो ।
उद्योग संगठन मोरंगले निरन्तर रुपमा गर्दै आएको आँखा शिविरबाट यस क्षेत्रमा रहेका उद्योग र उद्योगमा कार्यरत कामदार कर्मचारी र तिनीहरुका परिवारहरुले लाभ लिइरहेको र यस अघि पनि विभिन्न उद्योग÷प्रतिष्ठानमा निःशुल्क आँखा परिक्षण सामान्य औषधि उपचार गराईनुका साथै आगामी दिनमा समेत यस कार्यलाई निरन्तरता दिने बताउनु भयो ।
निःशुल्क आँखा जाँच परिक्षणमा रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानका तर्फबाट प्रोग्राम अफिसर मोनिका भट्टराई, फिल्ड संयोजक सागर पोख्रेल,प्राबिधिकहरुको उपस्थिति रहेको थियो भने मेघा मेटल क्राफ्टस प्रा. लि. र फुजिमा आयलका कामदार कर्मचारी र तिनीहरुका परिवार छोराछोरी लगायत २०० जनाको निःशुल्कको आँखा परिक्षण गरिएको थियो ।

Post a Comment