Websoft University

सप्तरीको बरसाइनबासी आइरनयुक्त पानी पिउन जनता बाध्य छन

राजविराज, कात्तिक ९ गते । रातो तारा डट कम,
 सप्तरीको बरसाइनमा खानेपानीको समस्या भएको छ ।

सप्तरी सदरमुकाम राजविराजदेखि २० किलोमिटर पश्चिममा जिल्लाको अतिविकट ठाउँमा अवस्थित बोदेवरसाइन नगरपालिकाको बरसाइन बजारमा विगत लामो समयदेखि खानेपानीको अभाव भएको पाइएको छ ।

सो बजारलगायत आसपास क्षेत्रमा रहेका अधिकांश गाउँघरमा खानेपानीको ट्युबेलमा आइरनयुक्त पानी आउने गरेकाले शुद्ध तथा उचित पानी खानबाट वञ्चित भएको स्थानीयबासी वीरेन्द्र साहले बताउनुभयो ।

त्यहाँ रहेका अधिकांश टु्यबेलको पानीमा आइरन भएकाले सो पानीबाट लुगा धुँदा सेतो लुगा पनि रातो र खैरोे जस्तो हुने गरेको साहले गुनासो गर्नुभयो ।

साथै, आइरन भएको पानीले भाँडावर्तन माझ्दा पनि रातो हुने गरेको बताउँदै दाँत माझ्दा दाँत खराब हुने र नुहाउँदा कपाल फुल्ने जस्ता समस्याबाट स्थानीयवासी पीडित रहेको उहाँले भन्नुभयो ।

खानेपानीको उचित व्यवस्था नभएकाले यहाँका करिब ९० प्रतिशत टु्यबेलमा आइरनयुक्त पानी आउने गरेकाले शुद्ध पानी खान समस्या भएको साहको भनाइ रहेको छ ।

जोगिया, बराहा, शारसर, नेङडा, धनगढी, काचन, देउरी, फूलकाही खडकपुर, मानराजा र लागपुरलगायत दर्जनौँ गाउँको टु्यबेलमा आइरनयुक्त पानी आउने गरेकाले शुद्ध पानी खानबाट आफूहरु वञ्चित भएको जोगिया निवासी रोशन यादवले गुनासो गर्नुभयो ।

सो क्षेत्रमा खानेपानी सम्बन्धि हालसम्म कुनै काम नभएको र सरकार तथा सम्बन्धित निकाय पनि मौन रहेको स्थानीयबासीको गुनासो पाइएको छ ।

यता जिल्ला खानेपानी डिभिजन कार्यालयले भने बरसाइनमा देखिएको खानेपानी अभाव र उचित पानी तथा शुद्ध पानीको लागि त्यहाँ छिट्टै काम शुरु हुने बताएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.