Websoft University

निर्वाचनलगत्तै संविधान कार्यान्वयन हुन्छ: गच्छदार

विराटनगर, कात्तिक ९ गते । रातो तारा डट कम,
उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले यही मंसिर १० र २१ गते हुने संघीय संसद् र प्रदेश निर्वाचनपश्चात् संविधानको सफल कार्यान्वयन हुने बताउनुभएको छ ।

लोकतान्त्रिक फोरम नेपाल र नेपाली काँगे्रस पार्टीबीच भएको एकीकरणपछि पहिलोपल्ट विराटनगरस्थित नेपाली काँग्रेस पार्टी कार्यालयमा अस्ति आयोजित स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले संविधानमा देखिएका असहमतिका मुद्दालाई संशोधन गरी मधेशी, आदिवासी जनजाति, थारुलगायत सबै वर्गका स्वीकार्य संविधान बनाउने स्पष्ट पार्नुभयो ।

दोस्रो संविधानसभाबाट संविधान निर्माणका लागि आपूmले तीन ठूला पार्टीलाई एक ठाउँमा ल्याउन सफल भएको उल्लेख गर्दै उहाँले जनताको आन्दोलनबाट प्राप्त लोकतन्त्र र प्रजातन्त्र बचाउननै काँग्रेससँग पार्टी एकीकरण गरिएको स्पष्ट पार्नुभयो ।

दुवै पार्टीका कार्यकर्ताको भावनाअनुसार एकीकरण भएको प्रशंग उल्लेख गर्दै नेपाली काँग्रेसका नेतासमेत रहनुभएका उहाँले आगामी संसदीय एवं प्रदेश निर्वाचनमा नेपाली काँग्रेस सबैभन्दा ठूलो पार्टी हुने दाबी गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले नेपाली काँग्रेस मात्र तराई, पहाड, हिमालका जनताका हितैषी पार्टी रहेको चर्चा गर्नुभयो ।

नेपाली काँग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूको सभापतित्वमा भएको उक्त कार्यक्रममा सो पार्टीका केन्द्रीय सदस्यद्वय डा डीला संग्रौला र गुरुराज घिमिरेका साथै युवा नेता रञ्जीत झा, भक्ति माझी लगायतले आउँदो निर्वाचनमा नेपाली काँगे्रसलाई जिताउनका लागि ऐक्यबद्ध भएर अगाडि बढ्न आह्वान् गर्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.