विराटनगर भदौ २६ गते । रातो तारा डट कम,
राउन्डटेवल बिराटनगर पाँचले सुशिक्षा निकुन्ज प्राविमा अध्ययनरत छात्र र छात्राहरुलाई आज शैक्षिक सामाग्री वितरण गरेकोछ ।
आज राउडटेवलले विद्यालयका बाढीपीडित विद्यार्थीहरूलाई झोला,किताव,कलम लगायतका शैक्षिक सामाग्री वितरण गरेको हो ।
उक्त र्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले शैक्षिक सामाग्री वितरण कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रम उदघाटन पछि रू १ लाख ५० हजार बरावरको शैक्षिक सामाग्री वितरण गरिएको टेवलले रातो तारालाइ जानकारी गराएको छ ।
राउण्ड टेवलका अध्यक्ष गोपाल तोदीको संयोजकत्वमा भएको कार्यक्रममा टेवलरहरु सुनिल धनावत,राजेश धनावत,पंकज दुगड,रिसभ दाहाल,प्रबेश कुन्डलिया,गोविन्द अग्रवाल,पियुस लुनिया,र सन्दिप अग्रवालको सहभागिता रहेको समेत बुझाएकोछ ।
Post a Comment