Websoft University

जि.बि.रबर फुटवल क्लव बिजयी


रबिन्द्र बराल रंगेली ,माेरङ भदौ २६ गते, साेमबार ।
रातो तारा डट कम,मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी प्रथम बुद्ध एअर लक्ष्मीमार्ग गोल्डकप २०७४ को साेमबारकाे खेलमा जि.बि.रबर फुटवल क्लव बिजयी भएकाे छ । खेलमा धरान फुटवल क्लव सुनसरीलाई १ का बिरूद्घ ३  गाेल गर्दै जि.बि. रवर मंगलबारे बिजयी भएकाे हाे । 

३ जना नाईजेरियन खेलाडी र  राष्ट्रिय खेलाडी बिजय धिमाल, बिक्रम लिम्बूले लिएर मैदान उत्रिएकाे जि.बि. रवर मंगलबारेले खेलकाे ५ अाै मिनेटमा माटिनकाे गाेल मार्फत खाता खाेलेका थिए । 

प्रकाश  बुढाथाेकी, निराजन खड्का,तिर्थ बस्नेत,बिष्णु सुनुवार लगायतका राष्टिय खेलाडिले भरिएकाे धरान फुटवल क्लवले धेरै राम्रा अवसर पाए पनि गाेल गर्न बाट चुकेका थिए । 

धरानका अबिनाश तुलाङ र बर्तमान तामाङले डिबक्स भित्रकाे फ्रि बल गाेल गर्न बाट चुकेका थिए । खेलकाे ६३ अाै मिनेटमा जि.बि.रवर मंगलबारेका मीन धिमालले सेन्टर बाट निकालेकाे पासमा अाशिस लिम्बूले वान भर्सेस वानमा गाेल गर्दै २ गाेलकाे अग्रता बनाए । 

मंगलबारेका सनम भुजेलले दाेस्राे हाफकाे ईन्जुरीमा १ गाेल गर्दै खेल १ का बिरूद्घ ३ गाेलकाे अग्रता बनाए । खेलकाे ७१ मिनेटमा क्याप्टेन बिष्णु सुनुवारले रेड कार्ड पाएपछी १० खेलाडीमा समेटिएकाे धरानले खेलकाे ७९ अाै मिनेटमा तिर्थ बस्नेतले १ सान्तवना गाेल गरे । 

खेलमा धरानका प्रकाश बुढाथाेकी र निराजन खड्काले निकै राम्रा धेरै अवसर पाए पनि गाेल गर्न बाट चुके पछी खेल जि.बि. रवर मंगलबारेले जित्याे । अाजकाे खेलकाे मेन अफ द म्याच जि.बि. रवर मंगलबारेका मिक्चेन घाेषित भए ।

भाेलीकाे खेल राष्टिय जागृती क्लव सुनसरीका बिरुद्ध बिर्तामाेड युनाईटेड झापाका बिरूद्घ हुनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.