रबिन्द्र बराल रंगेली ,माेरङ भदौ २८ गते । रातो तारा डट कम, माेरङकाे दक्षिणी क्षेत्रका कृषक हरु यस बेला सन्पाट (पटुवा) खेति बाट चिन्तित बन्न थालेका छन ।
सन्पाट खेती बाट अाफुहरुकाे मेहनत अनुसार काे अाम्दानी भने नहुने गरेको कृषकहरु बताउँछन् ।रंगेली नगरपालिका ७ का कृषक रमेश कुमार मन्डल भन्छन अाफुले १० कठ्ठा मा याे बर्ष सन्पाट खेती गरेको र १० कठ्ठामा अाफुले ३० देखि ३५ हजार रुपैयाँ सम्म खर्च गरेता पनि अहिले अाएर बिगतमा प्रतिमन २४ सय रुपैया रहेकोमा यस बर्षभने १६ सय प्रतिमन रहेको छ ।
जन मजदुर हरुले समेत सन्पाट (पटुवा) काटन समेत नमान्ने गरेको र काटना समेत मजदुरलाई अप्ठ्यारो हुने गरेको हुनाले उनिहरु सनपाट काटन नअाउने गरेको कृषक हरु बताउँछन् । कृषकले भने १० कठ्ठा मा सन्पाट छर्ने बेला देखि सन्पाट काटने बेला सम्म अाफुले बिउकाे १५ सय रुपैयाँ ,खेत जाेताई २५ सय रुपैयाँ ,मल जल २ हजार रुपैयाँ ,गाेडमेल १५ सय रुपैयाँ , कटान र पानी मा कुहाउन समेत गरेर १८ हजार रुपैयाँ सम्म खर्च लाग्ने गरेको मन्डल बताउँछन्।
रंगेली नगरपालिका ६ का उमेश मन्डल भन्छन कृषक हरु लाई सनपाट खेति गर्दे धान खेती गर्ने नपाईने र सनपाटमा अाम्दानि नहुने बरु धान खेतिनै राम्रो हुने उनी बताउँछन् ।
बिगत बर्ष ५ हजार ७ सय ३८ हेक्टरमा सन्पाट (पटुव) खेति भएको थियाे। त्यसमा ८ हजार ६ सय ७ मेट्रिकटन सनपाट उत्पादन भएको थियो ।
यस बर्ष भने ५ हजार ४ सय ४२ हेक्टरमा सनपाट खेति भएको मा उत्पादनमा ८हजार २ सय ८५ मेक्ट्रिक टन उत्पादनमा हुने लक्ष्य लिएको मा साउन २८ गते अाएकाे बाडिका कारण सनपाट खेति १ सय १० हेक्टर काे सनपाट खेति नाेक्सानि भएको छ ।
कृषकले काटेर राखेको र पानीमा डुवाएकाे र खेतमा रहेको सनपाट ढलेका कारण साेचेकाे भन्दा उत्पादन कम हुने जिल्ला कृषि कार्यलय बिराटनगरका बरिष्ट कृषि अधिकृत मनाेज यादवले बताउनु भयाे ।
Post a Comment