Websoft University

विदेशमा कमाएको पैसाबाट विद्यार्थीलाई शैक्षिक सामग्री


विराटनगर, भदौ २८ गते । रातो तारा डट कम,
जागरुक नेपाली मञ्च साउदी–कतारले संयुक्त रुपमा विराटनगर–१ स्थित सयपत्री परोपकार प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

सिंघिया खोलामा बसोबास गर्ने सुकुम्बासी र निम्न आयस्रोत भएका व्यक्तिका छोराछोरीहरु सो विद्यालयमा अध्ययन
गर्छन् । बुधबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष उद्धव अर्याल, तरुण दल मोरङका अध्यक्ष सञ्जय थापा, प्रेस युनियन मोरङका अध्यक्ष मीनकुमार नवोदित, मञ्चका संस्थापक संयोजक नवराज काफ्लेलगायतले पाठ्यपुस्तक, कपी, पेन्सिललगायतका शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।

विद्यार्थीलाई थोरै भए पनि सहयोग पुगोस् भनेर शैक्षिक सामग्री वितरण गरिएको मञ्चका संस्थापक संयोजक नवराज काफ्लेले जानकारी दिए । कक्षा ४ सम्म पढाइ हुने विद्यालयमा गत साउन अन्तिम साता आएको बाढी पसेर क्षतिसमेत भएको थियो । मञ्चले केही दिनअघि बेलबारीको मुसहर बस्तीका १० घरपरिवारलाई खाद्य सामग्री प्रदान गरेको थियो।

संस्थापक संयोजक काफ्लेको उपस्थितिमा मंगलबार पनि विराटनगर–१९ स्थित जनजागृति प्राविका विद्यार्थीलाई झोला र स्टेशनरी सामग्री हस्तान्तरण गरिएको थियो ।
विदेशमा गरेको श्रमबाट प्राप्त रकममध्ये केही प्रतिशत समाजसेवामा खर्च गर्दै आएको काफ्लेले सुनाए । “विदेशमा बगाएको पसिनाबाट थोरै भए पनि सहयोग पुगोस् भनेर समाजसेवामा समर्पण गर्दै आएका छौं,” उनले भने, “जे जति गरेका छौं त्यो सबै खुल्ला हृदयले गरेका छौं ।”

भूकम्पपीडितलाई पनि मञ्चले सहयोग गरेको थियो । त्यस्तै पत्रकार याम प्रधान र विराटनगर हाटखोलाकी मेघा कार्कीको उपचारका लागि समेत मञ्चले २०–२० हजार रुपैयाँ प्रदान गरेको काफ्लेले जनाए । वडाअध्यक्ष अर्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फारुक सेक र प्रध्यानाध्यापक छत्रबहादुर कटवालले विदेशमा कमाएको पैसाबाट शैक्षिक सामग्री प्रदान गरेकोमा मञ्चको प्रशंसा गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.